काठमाडौं । पत्रकार एवं साहित्यकार सविन प्रियासनले सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीलाई उपन्यास अर्पण गर्नु भएको छ । प्रियासनद्वारा लिखित पुनरागमन र पल्लवी उपन्यास राष्ट्रपति भण्डारीलाई उहाँकै निवासमा प्रियासनले अर्पण गर्नु भएको हो । पत्रकार महिलाहरुको कथाबस्तमा आधारित पुनरागमन र सामाजिक विषय बस्तुमा आधारित उपन्यास पल्लवीलाई प्रियासनले राष्ट्रपति समक्ष अर्पण गर्न पाउँदा धेरै खुशी लागेको बताउनुभयो ।

15942514_365838853785105_1659059709_nअसहाय बालबालिकाको शैक्षिक सहयोगका लागि शैक्षिक कोष निर्माण गर्ने उद्देश्यले निकालिएको पुनरागमन उपन्यास हाल बजारमा अत्यधिक बिक्री हुने उपन्यासमा पर्दछ । उपन्यास बिक्रीबाट ५ लाख बराबरको शैक्षिक अक्षयकोण निर्माण गर्ने उद्देश्यमा प्रियासन लाग्नु भएको छ । यसैगरी पछिल्लो प्रकाशनकारुपमा प्रियासनले पल्लवी बजारमा ल्याउनु भएको छ ।

काठमाडौंस्थित विएन पुस्तक संसारले प्रकाशन गरेको पल्लवीको रोयल्टीबाट प्राप्त रकम पनि शैक्षिक कोषमा जम्मा गर्ने यस अगाडि नै प्रियासनले निर्णय गरि सक्नु भएको छ । पल्लवी उपन्यास प्रियासनको छैंठौं पुस्तक हो । पल्लवी उपन्यासमा सामाजिक सञ्जालमा तरकारीवाली भनेर भाइरल बनेकी कुसुम श्रेष्ठ र लिटिल मिस दाङ–२०१६ मा पपुलर अवार्ड बिजेता ऋृंखला बुढाथोकीको तस्बिर आवरणकारुपमा रहेको छ । उहाँले हालसम्म ४ वटा उपन्यास, १ वटा कथा संग्रह र १ वटा सम्पादकीय संग्रह प्रकाशन गर्नु भएको छ ।

हालै निर्वाचित सामुदायिक रेडियो प्रसारक संघको टोलीसँग शितल निवास जाँदा प्रियासनले राष्ट्रपति भण्डारीलाई उक्त उपन्यास अपैण गर्नु भएको हो । संघका अध्यक्ष सुबास खतिवडाले सहजीकरण गर्दै प्रियासनलाई उपन्यास अपैण गर्न सहयोग गर्नुभएको थियो ।

साहित्य क्षेत्रबाट पनि सामाजिक कार्य गर्न सकिन्छ भन्ने सोँच राख्नु भएका प्रियासनले आफ्नो कृति राष्ट्रपति समक्ष अपैण गर्न पाउँदा आफ्नो उद्देश्य छिटै पुरा हुने विश्वास व्यक्त गर्नुभयो । यस अगाडि प्रियासनले प्रथम राष्ट्रपति रामबरण यादब, पूर्व प्रधानमन्त्री केपि शर्मा ओली, अर्थमन्त्री कृष्णबहादुर महरा, पूर्व सञ्चारमन्त्री डा. मिनेन्द्र रिजाललगयातका केन्द्रीय हस्तीलाई उपन्यास भेटकारुपमा दिई सक्नु भएको छ ।