दाङ,२६ पुस । सौडियार गाविसको आर्थिक सहयोगमा बिपन्न जेष्ठ नागरिकहरुलाई न्यानो कपडा बितरण गरिएको छ । जेष्ठ नागरिक समाजको आयोजनामा बिपन्न जेष्ठ नागरिकहरुलाई न्यानो कपडा बितरण गरिएको हो ।
फोटो फाइल
समाजका अध्यक्ष अमरराज डागीको अध्यक्षता तथा महिला तथा बालबालिका कार्यालयका निमित्त प्रमुख श्रीधर ज्ञवालीको प्रमुख आतिथ्य र गाविस.सचिव टेकबहादुर खड्काको बिशिष्ठ आतिथ्यमा भएको कार्यक्रममा ३६ जना बृद्धबृद्धालाई कपडा बितरण गरिएको थियो ।
