काठमाडौं, २६ पुस । अहिलेसम्मकै ठूलो भ्रष्टाचार मुद्दा पूर्वराज्यमन्त्री एवम् निलम्वित सांसद सञ्जयकुमार साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३१ करोड ५० लाख बिगो माग दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ।
कुनै राजनीतिज्ञलाई लागेको आरोपमा यो अहिलेसम्मकै ठूलो भ्रष्टाचार हो। गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेका साह धनुषा–४, बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।
जनकपुर बम काण्डमा हिरासतमा रहेका उनीसहित अख्तियारले उनका बाबु साधु साह सुडी, आमा दुलारी देवी सुडी, भाई रामकुमार साहलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ। अख्तियारले गैरकानुनी रुपमा आर्जन सम्पत्ति जफतको समेत माग गरिएको छ।
