काठमाडौं,२६ पुस । सात महिनादेखि भारतीय जेलमा २० जना नेपाली कामदार थुनिएका छन्। ज्यालावृद्धिको माग गरेपछि भारतको हिमाञ्चल प्रदेशको किनौरामा रहेको स्पेसियल हाइड्रोपावर पटेल कम्पनीमा कार्यरत उनीहरु सात महिनादेखि जेल परेका हुन् ।
मजदुर युनियन (सिदुई) मा लागेको आरोप लगाउँदै कम्पनी प्रशासनले उनीहरुलाई असार महिनादेखि उनास्थित जेलमा राखेको छ । जेलमा पर्नेमा कञ्चनपुरका बहादुरसिंह भण्डारी, नैनसिंह साउद, नरबहादुर साउद, रणबहादुर साउद, तुला साउद, नरे साउद, टिकेन्द्र साउद, जैदेव ढुङ्गाल, रमेश साउद, गणेश चन्द, गोपाल साउद, भिम साउदलगायत २० जना भन्दा बढी रहेका छन्।
भारतीय जेलमा रहेका आफन्तलाई भेटेर फर्केका कर्णबहादुर साउदले मजदुरीको पैसा बढाउनुपर्ने माग राखेकै आरोपमा उनीहरुलाई हडताल गर्न खोजेको आरोपमा जेलमा राखिएको बताए।
