दाङ, २५ पुष । बिभिन्न राजनितिक दलमा आबद्ध दलित संघ संगठनको साझा मोर्चा संयुक्त राजनितिक दलित संर्घष समिति दाङको दोश्रो भेला घोराहीमा सम्पन्न भएको छ । भेलाले प्रकाश नेपालीको संयोजकत्वमा २१ सदस्य नयाँ कार्य समिति चयन गरेको छ । समितिको सह संयोजकमा चुर्ण परियार, जगत दलामी, टीका विक निर्मला विक रहनु भएको छ ।
यस्तै समितिको सदस्य सचिवमा जनक नेपालीलाई विभिन्न राजनितिक दलका दलित संघ संगठनले सर्व—सम्मतरुपमा चयन गरेका हुन । समितिको सदस्यहरुमा बावुराम विक, लोका विक,कृष्ण नेपाली,विष्णु परियार,ओमकुमारी नेपाली,अर्जुन परियार,बलदेव विक,प्रेमा विक,अमृता विक,दुर्गा बहादुर नेपाली र लिला नेपाली रहनु भएको छ ।
समितिको सल्लाहकारमा जोगेन्द्र विश्वकर्मा,मानबहादुर विश्वकर्मा,राधिका परियार,चन्द्रबहादुर नेपाली, मानबहादुर गोल्ड स्मिथ र चुर्ण सुनार रहनु भएको छ । बाकी केही सल्लाकार र सदस्यहरु पछि थप गर्ने निर्णय समेत समितिले गरेको छ । भेलामा वोल्ने बत्ताहरुले दलित समुुदायको अधिकार स्थापनाका लागि समितिले भुमिका खेल्नु पर्ने कुरामा जोड दिएका छन्।
सामाजिक रुपमा दलित माथि चरम रुपमा विभेद हुदै आएको वताउँदै जिल्लाका सबै क्षेत्रमा संयुक्त राजनितिक दलित संर्घष समितिको विस्तार गर्नु पर्ने कुरामा वताएका थिए । भेला संयुक्त राजनितिक दलित संर्घष समितिका सह—संयोजक मानबहादुर विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन प्रकाश नेपालीले गर्नुभएको थियो ।
