अभिनेत्री स्वेता खड्काले कुनै इन्जिनियरिङ कोर्स भने गरेकी छैनन् । तर उनी एक इन्जिनियरको रुपमा चिनिएकी छिन् । उनी कामको अनुभवले इन्जिनियरिङ अफिस खोलेर बसेकी छिन् ।

sweta-khadka-1स्वेता कलेज पढ्नेताका एक इन्जिनियरिङ्ग कम्पनीमा काम गर्थिन् । दुई तीन बर्ष काम गेर संगालेको अनुभवले हाल उनी इन्टेरिअर डिजाइनरको रुपमा काम गरिरहेकी छिन् ।

त्यति मात्रै होइन स्वेताको दरबार मार्गस्थित राइजिङ मलमा हिमालयन जाभा नामको कफी शप छ । उनले यो कफी शप आफ्ना शुभ चिन्तक र मिडिया कर्मीहरुसँगको भेटघाटलाई सहज बनाउन खोेलेकी हुन् ।