काठमाडौं, २५ पुस । व्यावस्थापिक संसदमा संसोधन विधेयकसँगै निर्बाचन सम्बन्धि विद्येयक अघि बढेपछि निर्वाचन आयोगले चुनावका लागि तयारी अघि वढाएको छ ।
आयोगले स्थानिय तहको निर्बाचनमा भाग लिने राजनीतिक दलहरुलाई जिल्लामा दर्ता हुन आग्रह गरेको छ । आयोगले तयार गरेको एक फर्ममार्फत आफ्नो दलको विस्तृत विवरण अन्तर्गत नेतृत्व,ठेगाना, सम्पर्क नम्बर समेत बुझाउनुपर्नेछ ।
आज एक सुचनामार्फत भनेको छ– ‘आगामी स्थानीय तहको निर्वाचन व्यवस्थापनका लागि राजनीतिक दलहरूको जिल्लागत विवरण अद्यावधिक गर्न नेपालको संविधानको धारा २६९ बमोजिम यस आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले आफू क्रियाशिल रहेका जिल्लाका जिल्लास्तरीय समिति मार्फत २०७३ साल माघ १७ गतेसम्ममा सम्बन्धित जिल्लास्थित क्षेत्रीय निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयमा देहायको विवरण तोकिएको ढाँचामा उपलब्ध गराइदिनुहुन अनुरोध छ ।’
