इन्द्रेणी संवाददाता
तुलसीपुर, २५ पुस । तुलसीपुर नगरपालिकाले आज २१ औं नगरपरिषद गर्दैछ । नगरपरिषदबाट नगरपालिकाकोसमग्र विकासका लागि करीव ३१ करोडको बजेट प्रस्ताव गर्नेछ ।
आव २०७४ ०७५ का लागि ३१ करोड १८ लाख ३७ हजार रुपैयाँ बराबरको अनुमानित बजेट तयार पारेको छ । गत वर्षभन्दा यो बजेट झण्डै १० करोड बढी बजेट हो ।
नगरपालिकाले तयार पारेको बजेटमा पूँजीगततर्फ २६ करोड २६ लाख ७६ हजार विनियोजन गरेको छ भने चालुतर्फ ४ करोड ९१ लाख ६१ हजार रुपैयाँ प्रस्ताव गर्दैछ । परिषदको उद्घाटन सिंचाइ मन्त्री दिपक गिरीले गर्ने भएका छन् ।
