दाङ, २४ पुस । जिल्ला खेलकुद विकास समिति दाङ क्षेत्र नम्बर २ स्तरिय नवौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०७३ को उपाधी सर्वोदय मावि सिसहनियाले हात पारेको छ ।
पुस २१ गतेदेखि लक्ष्मीपुर ३ स्थित मावि झिङ्नी बन्जाडीमा भएको खेलकुद प्रतियोगितामा १ सय ९५ अंक प्राप्त गर्दै शिल्ड हात पारेको हो । क्षेत्रीय प्रतियोगिता अन्र्तगत गतवर्षको उपाधी पनि सर्वोदय मावि सिसहनियाले नै हात पारेको थियो ।
यस्तै प्रतियोगितामा ज्ञानोदय मावि पत्थरगढवाले १ सय ८१ अंग प्राप्त गर्दै द्धितिय स्थान प्राप्त गरेको छ भने १ सय २५ अंक प्राप्त गर्दै शंकर मावि पिपरीले तृतिय स्थान प्राप्त गरेको छ । आदर्श मावि लालमटिया चौथो, बालकल्याण आधारभुत विद्यालय पहडवा पाँचौ र मावि मौरीघाट छैठौ स्थापन प्राप्त गर्न सफल भएको छ ।
प्रतियोगितामा सञ्चालन भएका एक दर्जन भन्दा बढि खेलकुद प्रतियोगितामा विद्यार्थीहरुको उत्कृष्ठताको आधारमा विद्यालयहरुको प्रथम, द्धितिय र तृतिय मापन गरीएको हो ।
प्रतियोगिताको उपाधी शिल्ड दाङ जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष कैलाश रोका मगर र खेल संयोजक बोधी किरण महराले प्रदान पर्नुभएको थियो । प्रतियोगितामा विजयी हुनेहरुलाई मेडल सहित प्रमाण पत्रले सम्मान गरीएको थियो ।
