कञ्चनपुर- कञ्चनपुरान चितवाको आक्रमणमा परी चारजना घाइते भएका छन् । भिमदत्त नगरपालिका–१ राजिपुरमा चितुवाको आक्रमणबाट प्रहरीसहित चार जना घाइते भएका हुन्।

chituwaचितुवाको आक्रमणमा परि भिमदत्त नगरपालिका–१ का ५५ वर्षे लालबहादुर सार्की, प्रहरी हवल्दार शंकरदत्त मिश्रा, डडेल्धुरा घर भई भिमदत्त नगरपालिका–१ भासी बस्ने गणेश भाट र बेदकोट नगरपालिकाका मोहन विष्ट घाइते भएका छन् ।

आइतबार बिहान खेतमा पानी लगाउँदै गर्दा चितुवाले लालबहादुर सार्कीलाई पछाडिबाट आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । सार्कीलाई आक्रमण भएपछि त्यसठाउँमा पुगेका प्रहरी हवल्दार शंकरदत्त मिश्रालाई पनि चितुवाले आक्रमण गरेको छ । हवल्दार मिश्रासहित तीन जना सामान्य उपचारपछि घर फर्किएका छन् भने गणेश भाटको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।