पौष २३ , काठमाडौं । प्रधानमन्त्रीपुष्पकमलदाहाल ‘प्रचण्ड’ले स्थानीयतहपूनर्संरचनाआयोगले बुझाएको प्रतिवेदन संविधानकार्यान्वयनकालागि महत्वपूर्ण दस्तावेज भएको बताउनु भएको छ ।

_dsc7304

शुक्रबार स्थानीयतहपूनर्संरचनाआयोगकाअध्यक्षबालानन्दपौडेलले संघीय मामिलातथा स्थानीयविकास मन्त्रीहितराज पाण्डेलाई प्रतिवेदन बुझाएपछि आयोगलाई धन्यवाददिँदै प्रधानमन्त्रीले आयोगको प्रतिवेदन संविधानकार्यान्वयनकालागि महत्वपूर्ण दस्तावेज हुने बताउनु भएको हो । प्रधानमन्त्रीले भन्नुभयो, ‘हामी संविधानकार्यान्वयनको महत्वपूर्ण चरणमा छौं ।

आयोगको प्रतिवेदनअत्यन्तै संवेदनशील र दुरगामीमहत्व राख्ने दस्तावेज हो । संविधानकार्यान्वयनकालागियसले निकै ठूलो सहयोग गर्ने सरकारले विश्वास लिएको छ । मैले सरकारको तर्फबाट समयमै काम सम्पन्न गरेकोमाआयोगलाई धन्यवाददिन चाहन्छु । यस कार्यमा सहयोग गर्नुहुने सम्पूर्ण राजनीतिकदललगायत सबैमाआभार प्रकट गर्दछु ।’

प्रतिवेदनबुझ्दै संघीय मामिलातथा स्थानीयविकास मन्त्रीहितराज पाण्डले सरकारको प्राथमिकताको यथार्थ बुझीआयोगले तोकिएकै समयमाकाम सम्पन्न गरेकोमाधन्यवाददिनुभयो । सो अवसरमाप्रतिवेदनबुझाउँदै आयोगकाअध्यक्षबालानन्दपौडेलले प्रधानमन्त्री, सरकार, स्थानीयविकास मन्त्रालय र दलहरुको सकारात्मक सहयोगले समयभन्दाअगावै प्रतिवेदनबुझाउन सकिएको बताउँदै त्यसकालागि सबैलाई धन्यवाददिनुभयो ।

कार्यक्रममाप्रधानमन्त्रीले आयोगले बुझाएको प्रतिवेदन शिघ्र कार्यान्वयनमा लैजाने बताउँदै कार्यान्वयनको आवश्यक गृहकार्य गर्न स्थानीयविकास मन्त्रीहितराज पाण्डे र नेपाल सरकारका मूख्यसचिव डा. सोमलाल सुवेदीलाई निर्देशन समेत दिनुभएको छ । सो अवसरमाउपप्रधानमन्त्रीद्वयबिमलेन्द्र निधि, कृष्णबहादुर  महरा लगायत सरकारका मन्त्रीहरु उपस्थितहुनुहुन्थ्यो ।