काठमाडौं, २२ पस । प्रेस काउन्सिल नेपालले गरेको पत्रपत्रिका वर्गीकरणको नतिजामा हेरफेर गर्ने भएको छ । पत्रिका सञ्चालक तथा सम्पादकहरुले वर्गीकरणप्रति असन्तुष्टि जनाउँदै आपत्ति जनाएपछि पुनरावलोकन गर्ने प्रतिवद्धता व्यक्त गरेको हो ।
कतिपय पत्रिका सञ्चालक तथा सम्पादकहरुले वर्गीकरण भेदभावपूर्ण भएको भन्दै आपत्ति जनाएका छन् । आपत्तिपछि काउन्सिलले प्रेस विज्ञप्ति जारी गरेर वर्गीकरण पुनरावलोकन हुने प्रतिवद्धता व्यक्त गरेको छ।
पत्रिका वर्गीकरणमा पुनर्योग तथा पुनरावलोकनका लागि समिति समेत बनिसकेकोले विषयलाई राजनीतिकरण नगर्न काउन्सिलले आग्रह गरेको छ । खासगरी मधेशबाट प्रकाशित पत्रपत्रिकाको वर्गीकरणमा काउन्सिल पूर्वाग्राही भएको आरोप लागेको छ ।
