पाण्डव शर्मा
दाङ, २२ पुस । पछिल्लो समय दाङ औद्योगिकीकरणोन्मुख भएको छ । जिल्लामा दुईओटा सिमेण्ट उद्योगले उत्पादन शुरू गरिसकेका छन् भने दुई सिमेण्ट उद्योग निर्माणको अन्तिम चरणमा पुगेका छन् । त्यसैगरी दाङको सीमासँग जोडिएको रोल्पा सिमेण्ट उद्योगले समेत उत्पादन शुरू गरेको छ । दाङको सतवरियामा अहिले अर्को एक सिमेण्ट उद्योग स्थापना हुन थालेको छ ।

cemant-2

तस्वीर : उदय बीसी

दाङ उद्योग वाणिज्य सङ्घका उद्योग उपाध्यक्ष खड्ग बुढोथोकीले दाङ पछिल्लो समय सिमेण्ट उद्योगको हव बन्दै गएको बताए । ‘जिल्लामा अझै थुप्रै सिमेण्ट उद्योगको सम्भावना छ,’ उनले भने, ‘यहाँका सिमेण्ट उद्योगको प्रवद्र्धनका लागि सरकारले स्पष्ट नीति ल्याउनुपर्छ ।’ यी उद्योगहरूले दाङको मात्र नभएर समग्र मुलुककै आर्थिक विकासमा महŒवपूर्ण भूमिका निर्वाह गर्ने बुढाथोकीको भनाइ छ । जिल्लामा स्थापना भएका चारओटै उद्योगमा गरेर करीब रू। २५ अर्ब लगानी भएको उनले जानकारी दिए ।

जिल्लाको उत्तरतर्फको पहाडमा सिमेण्ट उत्पादन हुने ढुङ्गाको खानी रहेकाले सबै कम्पनीले ती पहाडबाट सिमेण्ट उत्पादन गरिरहेका छन् । निर्माणधीन उद्योगहरूको कच्चापदार्थको स्रोत पनि त्यही पहाड हो । सबै कम्पनीले जग्गा खरीद गरी मुख्य सडकबाट पहाडसम्म पुग्ने बाटो बनाइसकेका छन् । दाङ सिमेण्ट इण्डष्ट्रिजले पुरन्धाराको हापुरेमा, सोनापुर सिमेण्ट उद्योग प्रालिले दूधराशमा, घोराही सिमेण्ट उद्योग प्रालिले घोराहीको गोग्लीमा र रोल्पा सिमेण्ट प्रालिले दाङलाई केन्द्र मानेर रोल्पाको बुढागाउँबाट सिमेण्ट उत्पादन गरिरहेको छ ।

दाङको गोग्लीमा रहेको घोराही सिमेण्ट उद्योगले कङ्क्रिट पनि उत्पादन गरिरहेको छ । उद्योगले सिमेण्टसँगै कङ्क्रिट पनि उत्पादन गरिरहेको उद्योग सञ्चालकहरूले जानकारी दिएका छन् । जिल्लामा सबैभन्दा पहिले दाङ सिमेण्ट इण्डष्ट्रिजले २०५२ सालदेखि काम थालेको थियो । इण्डष्ट्रिजले कारखाना सञ्चालनका लागि पुरन्धारा गाविस २ कञ्चनपुरमा ३० बिगाहा जमीन खरीद गरेर उद्योग स्थापना गरिरहेको छ । विभिन्न कारणले उद्योग स्थापनामा ढिलो भए पनि केही समयभित्र उत्पादन शुरू गरिने सञ्चालकहरूले बताएका छन् । उद्योगले यसैगरी खानीका लागि पुरन्धारा १ र सल्यान जिल्लाको काभ्रा गाविस ८ का २० घरपरिवारको जग्गा खरीद गरेको छ ।

दाङको सीमासँग जोडिएको रोल्पाको बुढागाउँ–३ स्थित रोल्पा सिमेण्ट उद्योगले दीर्घायु ब्राण्डको ९पीपीसी० र शैलाभ ब्राण्डको ९ओपीसी० सिमेण्ट बजारमा ल्याइसकेको छ । उद्योगले मध्यपश्चिम तथा सुदूरपश्चिमलाई केन्द्रित गरी आफ्नो उत्पादनलाई शुरू गरेको थियो । रोल्पा, दाङ, सल्यान, रूकुमलगायत जिल्लामा आफ्नो उत्पादन विक्रीवितरणसमेत गरिसकेको छ । साथै कम्पनीले काठमाडौंं उपत्यकामा समेत केही परीक्षण विक्री गरिसकेको छ ।

दाङका अन्य उद्योगको तुलनामा सानो मानिएको उक्त उद्योगमा करीब रू। ३ अर्ब लगानी भएको छ । अहिले नेपालमा ८० प्रतिशत सिमेण्ट बाहिरबाट आयात भइरहेकोमा दाङमा स्थापना भएका सबै सिमेण्ट उद्योगले पूर्ण उत्पादन गर्न थालेमा ५० प्रतिशत बाहिरको आयात रोकिने व्यवसायीहरूको भनाइ छ ।

अन्य ठूला उद्योगको पनि सम्भावना
दाङमा सिमेण्ट उद्योगबाहेक अन्य ठूला उद्योगको पनि राम्रो सम्भावना छ । अहिले दाङमा दुई दर्जनभन्दा बढी इँटा उद्योग स्थापना भइसकेका छन् । घोराहीमा करीब रू। १० करोडको लगानीमा बिस्कुट उद्योग र करीब रू। ८ करोडको लगानीमा धाराको टुटी बनाउने उद्योग खुलिसकेका छन् । जिल्लाकै त्रिपुर नगरपालिका खैरामा करीब रू। १ करोडको लगानीमा प्लाई उद्योग खुलिसकेको छ ।

स्वास्थ्यमा सुधार
केही वर्षपहिलेसम्म विशेषज्ञ डाक्टरको अभाव हुने दाङमा आमनागरिकले सहज रूपमा विशेषज्ञ सेवा पाइरेहका छन् । जिल्लास्तरीय महेन्द्र अस्पताललाई स्तरवृद्धि गरेर राप्ती उपक्षेत्रीय अस्पताल बनाइएको छ । बजेटमार्फत उपक्षेत्रीय अस्पताललाई मेडिकल कलेज बनाउने घोषणा गरिएको छ । घोषणाअनुसार मेडिकल कलेजका लागि जग्गा व्यवस्थापनको काम भइरहेको अस्पताल विकास समितिका अध्यक्ष नारायण अधिकारीले जानकारी दिए । दाङको तुलसीपुरमा नै राप्ती अञ्चल अस्पताल स्थापना भइसकेको छ । निजीक्षेत्रबाट सञ्चालन भएका गोर्खा पब्लिक हस्पिटल, दीपज्योति हस्पिटल, चिनारी हस्पिटल, घोराही हस्पिटललगायत एक दर्जनभन्दा बढी अस्पतालले विशेषज्ञ सेवा दिइरहेका छन् ।

पशुपक्षीपालनमा व्यावसायिकता
दाङका पशुपक्षीपालक किसानहरू व्यावसायिकतातर्फ उन्मुख भएका छन् । यसअघि परम्परागत रूपमा निर्वाहमुखी पशुपक्षीपालन गरिरहेका किसानहरू पछिल्लो समय व्यावसायिकतातर्फ उन्मुख भएको जिल्ला पशु सेवा कार्यालय दाङले बताएको छ । दाङमा हाल ३ सय ७३ ओटा पशुपक्षीपालन फर्म सञ्चालनमा रहेको कार्यालयका सूचना अधिकृत डा। रमेशप्रसाद नेपालीले जानकारी दिए । उनका अनुसार अन्य धेरै पशुपालनसम्बन्धी फर्म दर्ता भए पनि औपचारिक रूपमा सञ्चालन हुन सकेका छैनन् ।

दाङमा सबैभन्दा बढी ब्रोइलर फर्म रहेका छन् । सबैभन्दा कम भेडा फार्म भएको कार्यालयले बताएको छ । कार्यालयका अनुसार जिल्लामा २ सय ४ ओटा ब्रोइलर फर्म सञ्चालनमा छन् । त्यसैगरी ५८ ओटा बङ्गुर फार्म, ३७ ओटा गाई फार्म, १७ ओटा भैंसी फार्म, २९ ओटा बाख्रा फार्म, २८ ओटा कुखुरा ९लेयर्स० फार्म र एउटा भेडा फार्म सञ्चालनमा छन् । सयौंको सङ्ख्यामा ब्रोइलर फार्म भए पनि दर्ता नभएको कार्यालयले बताएको छ । सरकारले अनुदानका कार्यक्रमहरू ल्याएकाले किसानहरू व्यावसायिक पशुपालनतर्फ आकर्षित भएको नेपालीले बताए । ‘दाङमा पशुपक्षीपालनको राम्रो सम्भावना छ, यहाँको हावापानी र वातावरणले गर्दा पशुपक्षीका लागि उपयुक्त छ,’ उनले भने, ‘बजारको पनि राम्रो सम्भावना भएकाले किसान व्यावसायिक हुन थालेका छन् ।’

विदेशबाट फर्केर पशुपालन व्यवसाय गर्ने किसानहरूलाई अनुदानको कार्यक्रमसमेत ल्याइएको नेपालीले बताए । त्यस्ता पशुपालक किसानहरूलाई जनही २ लाख रुपैयाँसम्म अनुदान दिइने उनले जानकारी दिए ।

कार्यालयले पशुपालक किसान बढाउन युवालक्षित कार्यक्रम शुरू गरेको छ । युवालक्षित कार्यक्रम प्रभावकारी हुन सके विदेश पलायन हुनेहरूको सङ्ख्या घटाउन सकिने नेपालीको भनाइ छ । पशुपालक किसानलाई हेर्ने दृष्टिकोण परिवर्तन नहुँदासम्म अपेक्षाकृत रूपमा पशुपालक किसानको सङ्ख्या बढ्न नसक्ने उनले बताए ।

जिल्लामा बदलिँदो जीवनशैली, शहरीक्षेत्रमा बसाइँसराइ, वैदेशिक रोजगारी, एक परिवारको संस्कारलगायत कारणले निर्वाहमुखी पशुपालन गर्ने सङ्ख्या घटेको छ । पशुपालक किसानको सङ्ख्या बढेपछि दाङमा मासु र दूधको आयात घटेको छ । तर, अहिले पनि जिल्लामा वार्षिक करोडौं रुपैयाँबराबरको मासु बाहिरबाट आउने गर्छ । दाङ माछापालन र ब्रोइलरमा भने आत्मनिर्भर भएको जिल्ला हो । अभियान दैनिकबाट