घोराही २२ पुस । सरकारले अपाङगता विशेष अधिकार लागि तर्जुमा गरेका नीति तथा कार्यक्रम कागजी कितावमा मात्रै सिमित भएको कार्यक्रमका बक्ताहरुले गुनासो गरेका छन् । नेपाल अपाङ संघ खगेन्द्र नवजीवन केन्द्र दाङले विहीबार घोराहीका आयोजना गरेका अपाङगता भएका व्यक्तिहरुको आर्थिक सामाजिक तथा सेवा सुविधाको अवस्था विषयक अन्र्तक्रियामा बक्ताहरुले यस्तो बताएका हुन् ।
उनीहरुले अपाङता भएका ब्यक्तिहरुका लागि बनेका नीति र नियम तथा कार्यक्रमहरु अपाङग मैत्री नभएको टिप्पणी गरेका थिए । सरकारले जारी गरेका नीति तथा कार्यक्रमहरुमा तल्लो तहका अपाङगता भएका व्यक्तिहरुले अझै अपनत्व गर्न नपाएको उनीहरुको गुनासो थियो ।
केन्द्रका जिल्ला अध्यक्ष श्रीमन न्यौपानेको अध्यक्षता एंव पुर्व व्रिटिसआर्मी , विद्युतिय धरापमा दुवै खट्टा गुमाएका रोल्पा मिरुलका हरि वुढा मगरको प्रमुख आतिथ्यता एंव व्रिटिस क्याप्टेन म्याक्स चुको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा अपाङगता भएका व्यक्तिहरुले दुखेसो पोखेका थिए ।
सरकारले नीति कार्यविधि जारी गरे पनि स्थानिय सेवा प्रदायक निकायहरु अपाङ मैत्री नहुदा आफुहरु पीडित बन्नु परेको उनीहरुको भनाई थियो । कार्यक्रममा प्रमुख अतिथि वुढाले अपाङगता भएका व्यक्तिहरुले विशेष योगदान दिलाउन सक्ने वताए । उनले भने ‘हामी लाई न राज्यले संरक्षण वा सम्वोधन गर्न सकेको छ , न त समाजले तर हामी भित्रको उर्जाले सेवामा परिणत गरी सामाजिक सेवामा लाग्नु पर्छ ।’
सन २०१० मा अफगानिस्तानमा विद्युतिय धरापमा परी दुवै खुट्टा गुमाएका वुढाले थुपै्र उदाहरणीय काम गरेको बताए । प्लेन जम्पिङ , पर्वत आरोहण देखी थुप्रै रोड सो कार्यक्रममा अपाङ्गता भएका ब्यक्ति सफल भएको उदाहरण दिदै आफुहरुले पनि समाज परिबर्तनका लागि जस्ता काम गर्न सक्ने बताए ।
कार्यक्रममा केन्द्रका निर्वतमान सभापति भोलानाथ अधिकारी ,मानव अधिकारवादी केशव कुमार शर्मा , डिवि चिन्तन , आरेक पदमा चौधरी , पत्रकार सुर्दशन रिजाल र शक्तिराम डाँगी लगाएतकाले मन्तब्य ब्यक्त गरेका थिए । केन्द्रका उपाध्यक्ष सरद अधिकारको स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव भुमा चौधरीले गरेकी थिईन ।





