घोराही २२ पुस । पर्यटन मन्त्री तथा नेपाली काँग्रेसको केन्द्रीय सदस्य शाहीले स्थानीय निकाएको निर्वाचनको तयारीमा लाग्न आग्रह गरेका छन् । नेपाली काँग्रेस दाङ क्षेत्र न. ३ ले विहीवार घोराहीका आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शाहीले त्यस्तो बताएका हुन ।
अव केही समयमै स्थानीय निकाएको निर्वाचनको मिति तय हुने भन्दै उनले त्यसको तयारीमा जुट्न आग्रह गरेका हुन । उनले पार्टी भित्रको आन्तरिक संघर्ष निर्वाचनमा बाधक हुन सक्ने खतरा औंल्याउँदै पार्टीलाई एक ढिक्का बनाएर लैजान कार्यकर्ताहरुलाई आग्रह गरेका थिए । पार्टीको आन्तरिक किचलोले गर्दा निर्वाचनमा पार्टीको परिनाम खस्कने सक्ने भएकोले गम्भिर भएर काँग्रेसलाई जिताउनका लागि वातावरण तयारगर्न उनले आग्रह गरेका हुन ।
मन्त्री शाहीले काँग्रेस वलियो बनाउनका लागि आन्तरिक गुटवन्दीको अन्त्य गर्नु आवश्यक रहेको बताएका थिए । गुट उपगुट समाप्त भएर एकतावद्ध काँग्रेस निर्माण भएमा मात्रै काँग्रेस बलियो बन्ने उनको विश्वास थियो ।
उक्त कार्यक्रमका विशिष्ट अतिथि सिचाई मन्त्री दिपक गिरीले खेतीयोग्य जमिनलाई सिचाईमा आत्मनिर्भर वनाउने उद्देश्य सरकारको रहेको बताएका थिए । त्यही उदेश्यले सिचाई मन्त्रालयले सिचाई आयोजनाको वृहत उद्देश्य थालनी गरेको जानकारी दिएका थिए । उनले भनेका थिए ‘दाङको खेति योग्य जमिनलाई सिंचाईमा आत्मनिर्भर वनाउने उद्देश्य सरकारको रहेको छ र दाङमा बाह्रैमास सिंचाईको प्रवन्ध कसरी गर्न सकिन्छ भन्ने मेरो चिन्ताको विषय बनेको छ ।’
पुर्वमा रामपुरदेखि पश्चिममा पुरन्धरा सम्ममा फैलिएको समथर ६० हजार हेक्टर जमिनलाई वृहतर सिचाई परियोजना मार्फत सिंचित गर्ने लक्ष्य लिएको बताएका थिए । कार्यक्रममा सांसद राजु खनाल , अनिता देवकोटा , काँग्रेस दाङका सभापति कीर्तिवहादुर खड्का , पुर्व सभापति विर्केश्वरी गौतम र त्रिपुर नगर सभापति दिपक पाण्डे लगाएतकाले दाङको वायु सेवाको नियमित सञ्चालनमा भूमिका खेल्न आग्रह गरेका थिए ।
जवाफमा संस्कृति पर्यटन तथा नागरिक उडयन मन्त्री जीवनवहादुर शाहीले दाङ टुरिजम हवको रुपमा उदाउदै गएकोले विमान सेवा सुचारु हुन आवश्यक रहेको बताएका थिए ।
नियमित हवाई सेवा नहुदा दाङको पर्यटकिय क्षेत्रको विकास ओझेलमा परेकोले त्यसको विकासका लागि समेत विमान सेवा सुचारु गर्न आवश्यक रहेको उनले बताएका थिए । उनले भने ‘दङगाली हो विश्वस्त हुनुहोस अब छिट्टै टरिगाँउ विमानस्थलवाट विमान उड्छ ।’ नेपाली काँग्रेस क्षेत्र न. ३ का सभापति भुपवहादुर डाँगीको सभापत्वि तथा ंस्कृति पर्यटन तथा नागरिक उडयन मन्त्री शाहीको प्रमुख आतिथ्यता एंव सिचाई मन्त्री दिपक गिरीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।
उनले भने ‘ मध्यपश्चिमकै प्रमुख विमानस्थलको संभावना बोकेको स्थल हाल गौचरणको रुपमा परिनत हुन खोज्नु दुभाग्र्यपूर्ण हो ।’ दाङको विमान सेवा नियमित नहुनु भनेको मध्यपश्चिमको विकासमा केही प्रभाव परेकोले अविलम्व टरिगाँउ विमान स्थल सञ्चालनमा भूमिका खेल्ने उलने बताए ।
उनले लुम्वीनी र तुलसीपुरलाई जोडी मध्यपश्चिमका पहाडी जिल्लाका पर्यटकिय क्षेत्रको विकासगर्नु आफ्नो इच्छा भएको बताए ।‘मानसरोवर पर्वत शृङखला लगाएतको हिमाली क्षेत्रमा पर्यटक ओराल्नु मेरो चाहाना छ ।’ उनले अगाडि भने ‘त्यसैले जसरी भएपनि दाङ र लुम्वीनी , दाङ र पहाडी जिल्लाहरु वायु सेवाका माध्यमले मैले जोड्ने प्रयत्न गर्नेछु ।’
नेपाली काँग्रेस क्षेत्र न. ३ का उपसभापति भगतसिंह भण्डारीको स्वागत मन्तव्य वाट शुरु भएको कार्यक्रम सहजीकरण सचिव वद्री खड्काले गरेका थिए भने धन्यावाद ज्ञापन सचिव कमल गौतमले गरेका थिए ।