Home समाचार फेरिदै मृत्यु संस्कार

फेरिदै मृत्यु संस्कार

219
0

फेरिदै मृत्यु संस्कारदिपक बोहरा, तुलसीपुर २२-पुस /  ब्राह्मण आफैमा बढि धर्मकर्ममा बिश्वास गर्ने एउटा जाति हो । ब्राह्मणले पुराना संस्कारलाई बढि प्राथामिकता पनि दिने गर्छन् भनेर पनि चिनिन्छ । तर पछिल्लो समय ब्राह्मणहरुले पनि बिभिन्न संस्कारलाई परिबर्तन गर्दै गईरहेका छन् । आजको राप्ती समाचार राष्ट्रिय दैनिकमा समाचार छापिएको छ ।

पुरन्धार–२ हापुरेकी लोककुमारी पौडेलको यहि पुस १४ गते ७० बर्षको उमेरमा मृत्यु भयो । तर उनका आफन्तले न त सेतो बस्त्र नै पहिरिए, न त नुन नै खाना छोडे, नत १३ दिनसम्म काजकिरिया नै गरे । जुन हिन्दू परम्परा र संस्कार अनुसार ठिक उल्टो थियो । पौडेलका आफन्तले मृत्यु भएको पाँच दिनमै स्वर्गीय लोक कुमारीको श्रद्धाञ्जलीसभा गरे ।

परम्परागत संस्कारलाई छोड्नु हुँदैन भन्ने ब्राह्मणले नै यसरी संस्कारलाई परिबर्तन गर्न लागेको भन्दै सबै आश्चार्य चकित बनेका थिए । गाउँका सबैलाई कसैले नगरेको नयाँ काम देख्दा अनौठो लागेको थियो । तर पौडेल परिवारले अबश्य पनि समाजबाट मृत्यु संस्कार परिबर्तन हुने बिश्वास ब्यक्त गरे । उनीहरुले भने ‘नयाँ कामको सुरुवात गर्दा समर्थन नभएपनि राम्रो कामको पछाडि समाज लम्किनै नै छ ।’

बिभिन्न सरका री तथा गैरसरकारी निकायहरुले पनि मृत्यु संस्कारलाई परिबर्तन गर्नुपर्ने बहस चलाउदै आएका छन् । परम्परादेखिको मृत्यु संस्कार खर्चिलो, भड्किलो र स्वास्थ्यका लागि हानिकारक हुने भन्दै यसलाई परिस्कृत गरेर नयाँ ढंगबाट अगाडि बढ्नुपर्ने भन्दै बहस चलाईरहेका छन् । धार्मिक विद्वान्हरुले पनि १३ दिने मृत्यु संस्कारलाई कम्तीमा तीन र बढीमा पाँचदिन मात्रै बनाउनु पर्ने कुरामा जोड दिदै आएका छन् ।

छोराछोरी विदेशमा रहने सामाजिक समस्या, १३ दिनसम्म नुन नखाई क्रिया बस्दा किरिया बस्नेको नै मृत्यु भएका घटना, मृत्यु संस्कारमा रहेका विकृति न्युनिकरण गर्नुपर्ने, वैज्ञानिक तथा स्वास्थ्यको दृष्टिकोणबाट पनि लामो दिनसम्म किरिया बस्नु उपयुक्त नभएकाले नयाँ दृष्टिबाट समाजले सोच्नुपर्ने धारणा धार्मिक विद्वान्हरुको छ ।

यही विद्वानहरुको कुरालाई आत्मसात् गर्दै आफूहरुले समाजबाट मृत्यु संस्कारको परिबर्तन गर्न खोजेको पौडेल परिवारको भनाई छ । अब समाजबाटै संस्कारको परिबर्तन गर्नुपर्ने र गाउँलेहरु पनि यहि मार्गमा हिड्नु पर्ने उनीहरुको तर्क थियो । मृत्यु संस्कार परिबर्तन सकारात्मक पक्ष भएकाले केही समय पछि सबै यहि बाटो अबलम्बन गर्ने कुरामा पौडेलका आफन्त प्रमोद धितालले बिश्वास ब्यक्त गरे ।

लोककुमारी पौडेल, प्रमोद धितालकी फुपु पर्छिन् । उनले मृत्यु पछि गरिने संस्कारमा हुने खर्चले मृत्यु अघि नै सेवा गर्नु नै धर्म हुने तर्क गरे । मृत्यु अघि बिरामी पर्दा उपचार पनि नगर्ने, खाना पनि नदिने तर मृत्यु पछि गरिने सम्मानको कुनै अर्थ नहुने उनको तर्क थियो । त्यसैले यो संस्कार अहिलेको समय परिस्थित अनुसार सुहाउदो नभएको भन्दै यसलाई परिबर्तन गर्नुपर्ने उनले तर्क राखे ।

प्रमोद धितालको अध्यक्षता तथा माओवादी केन्द्र दाङका ईञ्चार्ज जीवन गौतमको प्रमुख आतिथ्यतामा श्रद्धाञ्जली कार्यक्रम भएको थियो । कार्यक्रममा शोक मन्तब्य ब्यक्त गर्दै प्रमुख अतिथि गौतमले लोक कुमारी पौडेलप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै शोकमा डुवेका परिवार तथा आफन्तजनप्रति धैर्यधारण गर्ने शक्ति मिलोस पनि समाबेदन प्रकट गरेका थिए ।

इञ्चार्ज गौतमले समय अनुसा र परम्परागत संस्कारलाई परिबर्तन गर्दै लैजानुपर्ने बताए । उनले मृत्यु पछि गरिने संस्कार भन्दा मृत्यु अघि सेवा, सम्मान, सत्कार गर्न आबश्यक रहेको उनको भनाई थियो ।
‘मृत्यु अघि खाना, लाउन पनि नदिने’ तर मृत्यु पछि धेरै धनजन खर्च गरेर गरिने संस्कारको कुन अर्थ हुँदैन् ।’ कार्यक्रममा शोक मन्तब्य ब्यक्त गर्दै बिशिष्ट अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखराज रेग्मीले हिन्दुधर्मालम्बीका कतिपय संस्कारहरु खारेज नै भईसकेको भन्दै खारेज गर्न नसकिने संस्कारलाई समय अनुसार परिमार्जन गर्न सकिने बताए ।

मृत्यु संस्कारलाई फाल्न नसकिने तर फेर्न सकिने उनको तर्क थियो । माओवादी केन्द्रका केन्द्रीय सदस्य नेपबहादुर रोका, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी जिल्ला उपाध्यक्ष उर्मिला वली, खबर टोकरी साप्ताहिकका प्रकाशक डिल्लीराज खड्का, माओवादी केन्द्र पुरन्धारा, पञ्चकुले, बाघमारे, शान्तिनगरका गाउँ पार्टी प्रतिनिधिलगायतले शोक मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण केन्द्रीय सदस्य भिमबहादुर वलीले गरेका थिए ।