समान्यतया हामीले कुनै व्यक्तिको अपहरण गरेर फिरौती मागेको सुनेका छौं । तर कुकुरको अपहरण गरेर फिरौती मागेको सुनेका छैनौं । तर यस्तो पनि भएको छ ।

dog-mayorअपहरण गर्ने र फिरौती माग्न पल्केकाको एक समूहले कुकुरको अपहरण गरेर उसको मालिकसँग दश लाखको बार्गेनिङ गरेका छन् । जोय ब्रोचेरटको घरपालुवा कुकुर ७ डिसेम्बरदेखि वेपत्ता भएको थियो ।

धेरै खोजी गरेपछि जब कुकुर भेटिएन तब उनले त्यसलाई खोजेर ल्याउनेलाई करिब ५ लाख नेपाली रुपैयाँ पुरस्कार दिने घोषणा गरे । तर यसबाट उनलाई कुनै सफलता मिलेन ।

एक दिन अचानक अपहरण गर्ने समूहले जोयलाई फोन गरेर यदि कुकुर चाहिन्छ भने १० लाख रुपैयाँ फिरौती दिन भने । यदि मागेजति फिरौती नदिने हो भने कुकुरलाई रुखमा उल्टो पारे झुन्डाइदिने चेतावनी दिएका थिए । जोय ब्रोचेरट र उनका परिवार यस कुराले हैरान भए । उनीहरु यति धेरै रकम दिन पनि उनीहरुले नसक्ने बताएका छन् ।