araniko-maidan

तुलसीपुर २० पुस ।  युनिभर्सल एकाडेमी तुलसीपुरले अरणीको मैदानमा सार्बजनीक शौचालय निर्माण गर्ने भएको छ । एकाडेमीले सन २०१७ को अबशरमा आयोजना गरेको संस्कृतिक कार्यक्रमबाट संकलन भएको रकमले शौचालय निर्माण गर्ने जनाएको छ ।

कार्यक्रम गर्नु पुर्ब नै एकाडेमीले सकलन भएको रकम मध्य दश प्रतिसत रकम सार्बजनीक शौचालय निर्माणमा खर्चने घोषणा गरेको थियो । तर त्यो रकमले नपुग्ने भएपछि शौचालय निर्माणका लागि ४० प्रतिसत रकम छुट्याउन लागेको कार्यक्रम संयोजक अरुण लहरेले जानकारी दिए ।

संस्कृतिक कार्यक्रमबाट एकाडेमीले एक लाख संकलन गरेको थिया । जसमध्य ४० हजार रुपैयाँ अरणीको मैदानमा सार्बजनीक शौचालन निर्माणमा खर्चने संयोजक लहरेले बताए । खेल मैदान नजिक शौचालय नहुँदा खेलाडीहरुलाई शौच गर्न समस्या हुने गरेको भन्दै शौचालन निर्माण गर्न लागिएको लहरेले बताए ।

अरणीको मैदानमा निर्माण गर्ने भनिएको शौचालयमा सहयोगी दाताहरुले थप सहयोग गरेमा आवश्यक्ता अनुसार सुविधा सम्पन्न शौचालय र चेञ्जिङरुम निर्माण गर्ने लक्ष्य रहेको एकाडेमीले जनाएको छ ।