gudia-nirman-talim

तुलसीपुर, १९ पुस ।  तुलसीपुर ६ मा शुरु भएको एक हप्ते गुडिया निर्माण तालिम सकिएको छ । ६ नंबर वडा तथा वडा स्तरिय महिला संजालको आयोजनामा तालिम शुरु भएको हो ।

तुलसीपुर नगरपालिकाको आर्थिक सहयोगमा सात दिनसम्म सञ्चालन भएको तालिममा गुडियाका विभिन्न आइटमहरु निर्माण गर्न सिकाईएको थियो ।

महिलाहरुको क्षमता अभिवृद्धि, आयआर्जनमा र नेतृत्वमा वृद्धि विकाशका लागि यो तालिमको आयोजना गरिएको एलजीसिडिपीका कार्यक्रम अधिकृत भिमबहादुर केसीले जानकारी दिए ।

तुलसीपुर नगरपालिकाको अन्य वडाभन्दा भौगोलिक रुपमा ६ नं वडा ठुलो भएको र यहाका सवै सहभागीलाइ एकैपटक गुडिया निर्माण तालिममा समावेश गराउन नसकिएको र दुइ फेजमा तालिम संचालन गरिएको वडा नागरी मञ्चका उपसंयोजक अरुण लहरेले जानकारी दिएका छन् ।

वडा सचिव कमल शर्माको अध्यक्षता तथा तुलसीपुर नगरपालिकाका पञ्जीका अधिकारी ध्रुव रेग्मी प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रममा मन्तब्य ब्यक्त गर्दै यस्ता कार्यक्रमले महिलाहरुको सिप गर्ने बताए ।

वडा नं ६ मा दोस्रो पटक सञ्चालन भएको तालिममा २५ टोलबाट प्रत्येक एक एक जना दलित जनजाती सीमान्तकृत र अन्य महिलाहरुको सहभागीता रहेको थियो । तालिमको प्रशिक्षकमा गौरी खड्का र सिन्धु गुरुङ रहेका थिए ।

तालिम समापन कार्यक्रममा कार्यक्रम संयोजक हेमन्त योगी, वडा नागरिक मञ्चका संयोजक हरिकला मियां, वडास्तरीय महिला संजालका संयोजक मेनका शर्मा , लेखत पौडेल, लक्ष्मी वुढा, पत्रकार निरला अर्याल गैरे, विमला शर्मा लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

तुलसीपुर नगरपालिकाको करिव एकलाख ६६ हजार लागतमा दुई वटा तालिम दिएको हो । तालिममा सहभागी सरिता लामिछानेका स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रको संचालन सामाजिक परिचालक श्रद्धा गौतमले गरेकी थिइन ।