बामदेव देवकोटा/ तुलसीपुर,२० पुष । त्रिपुर नगरपालीका दाङको तेस्रो नगर परिषद आज हुदै छ । विहान ११ बजे नगरपालीकाको प्राङगणमा आयोजना गरियको परिषदको उद्घाटन पुर्व सामान्ने प्रशासन मन्त्री रेखा शर्माले गर्ने कार्यक्रम रहेको कार्यकारि अधिकृत कमानसिंह थापामगरले जानकारि दिनुभयो ।
आजको परिषदमा आगामि वर्षका लागि १५ करोडको ५६ लाखको बजेट प्रस्ताव गर्न लागिएको बताईएको छ । यो बजेट चालुवर्षको भन्दा झण्डै दोव्बरले धेरै हो ।“जल,जङगल,जमिन,कृषि,पर्यटन,स्वास्थ्य र शिक्षा,संरिद्ध त्रिपुर निर्माण नगरबासिको ईच्छा” नारा तय गरेको र यसैलाई मध्येनगर गर्दै बजेट विनियोजन गरेको थापाले बताउनुभयो ।
उहाँले कुल बजेटको ३६ प्रतिशत चालु खर्च तर्फ र ६४ प्रतिशत पुजिगत खर्च तर्फ बजेट विनियोजन गरेको बताउनुभयो ।
नगरपालीकाको आगामि वर्षका लागि सबै भन्दा पहिलो प्राथकितामा परेको क्षेत्र सडक रहेको छ भने दोस्रोमा कृषि परेको छ । आगामि तिनवर्ष भित्र सडकको पहुच नपुगेका त्रिपुरका सबै स्थानमा सडक संजाल पुगाउने लक्ष्य लिइएको छ । नगरपालीकाले आगामि वर्षका लागि सबै भन्दा बढि यातायात पुर्वाधारमा विनियोजन गरेको छ ।
त्यसैगरि कृषि र सिचाई तर्फ पनि झण्डै सवा करोड बजेट प्रस्ताव गरिदै छ । स्वास्थ्य क्षेत्रलाई पनि तेस्रो प्राथिमकतामा राखेर बजेट प्रस्ताव गरिने छ । महलिा तथा बालबालीकाको स्वास्थ्यमा गुणस्तरियता बृद्धि तथा पोषण,पुर्ण खोपमा सुनिश्चीतमा र प्रसुति गृह निर्माणमा खर्च गरिने छ ।
यसवर्ष नगरपालीकाले वडाबाट छनोट भएर आएका बाहेक अन्ने सबै साना तथा टुक्रे आयोजनालाई पुर्ण रुपमा बन्देज लगाउदै ठुला आयोजनामा जोड दिइयको दिएको छ । दुइ वा दुइ भन्दा वढि वडा लाभान्बित हुने गरि ५० लाख भन्दा बढि बजेटका योजना नगरपालीकाले छनोट गरेको कार्यकारि अधिकृत थापाले बताउनुभयो । जसलाई नगरपालीकाले गौरबका आयोजनाको रुपमा लिएको छ ।
त्रिपुर नगरपालीकाले नया योजनाको रुपमा प्राविधिक शीक्षालय खोल्ने योजना पनि अघि सारेको छ । गरिवि घटाउने र रोजगारि बढाउने उद्धेश्यका साथ यो योजना अघि सारेको नगरपालीकाले जनाएको छ । आज बिहान ११ बजे उट्घाटन हुने तस्रो नगरपरिषदमा उपस्थीत हुन नगरपालीकाले सबैलाई अनुरोध गरेको छ ।
