घोराही २० पुस । ‘स्थानीय उत्पादनमा हाम्रो प्रोत्साहन , धार्मिक तथा पर्यटकिय स्थल छिल्लिकोटको पहिचान’ भन्ने मुलनाराका साथ आज देखि दाङको बिजौरीमा कृर्षि ,पर्यटन प्रर्वद्धन तथा साँस्कृतिक व्यापारिक महोत्सव शुरु हुने छ ।
विजौरी मानपुर र डुरुवा क्षेत्रको विकासका लागि आयोजित व्यापारिक महोत्सव माघ १ गते सम्म सञ्चालन हुने महोत्सव मुल आयोजक समितिले जनाएको छ । मंगलवार घोराहीमा पत्रकार सम्मेलन गर्दै महोत्सव मुल आयोजिक समितिका संयोजक एंव विजौरी उद्योग वाणिज्य संघका अध्यक्ष मुकेश वलीले स्थानीय पर्यटकिय क्षेत्रको विकास एंव कृर्षि प्रर्वद्धनका लागि महोत्सव आयोजना गर्न लागिएको जानकारी दिएका हुन ।
पुस २० गतेदेखि माघ १ गतेसम्म संचालन हुने उक्त महोत्सवमा करिव एकलाख मानिस अवलोकनका लागि आउने तथा १० करोड वरावरको आर्थिक कारोवार गर्ने लक्ष्य राखिएको अध्यक्ष वलीले बताए । पत्रकार सम्मेलनमा १ सय ५० वटा स्टलहरु बुकिङ भइसकेको जानकारी दिइएको थियो ।
बिजौरीमा रहेको छिल्लीकोटको अवलोकन, अष्ट्रिज फार्म र बिश्वबिद्यालय लगाएतका पहिचानको प्रसार प्रसारमा महोत्सवले टेवा पुग्ने अपेक्षा गरिएको छ । विजौरी उद्योग वाणिज्य संघका महासचिव विरेन्द्र खड्काले सम्भावित पर्यटकिय क्षेत्रको विकासका लागि महोत्सवले एक ईट्टा थप्ने आषा व्यक्त गरेका थिए ।
महोत्वसको मुख्य आकर्षकमा विश्वमै दुर्लभ र लोपन्मुख वनस्पती सुगन्ध कोकिला , १४ औं शताव्दीमा छिल्लिकोटे राजाले भोगचलन गरेका तोप लगाएका ऐतिहासिक बस्तुका साथै विजौरी क्षेत्रको पहिचान झल्कने अन्य स्टलहरु समेत राखिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
