गिरिराज नेपाली, घोराही २० पुस । काुननको वैकल्पिक सामाजिक न्यायका लागि सामुदायिक मेलमिलाप केन्द्रको भुमिका निकै महत्वपुर्ण रहेको कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् ।
कानुनी अन्वेषण तथा स्रोत विकास केन्द्र ‘सेलर्ड’ ले मंगलवार घोराहीमा आयोजना गरेका दाङ जिल्ला स्तरिय मेलमिलापकर्ताहरुको लागि मेलमिलाप संञ्जाल गठन कार्यक्रममा दाङ देउखुरी जिल्ला अदालतका न्यायधिश चुरामण खड्काले सामाजिक न्यायका लागि सामुदायिक मेलमिलाप केन्द्रले अन्याय र विवादका सवालहरुलार्ई समुदायमा आधारित रहेर मिलापत्र गर्र्र्दै सभ्य र शान्त समाज निर्माण गर्न भूमिका खेलेको बताए ।
सेलर्डका कार्यक्रम संयोजक मोहन धितालको अध्यक्षतामा भएको कार्यक्रममा न्यायाधिस खड्काले काुननी प्रक्रियमा आउन र समावेश गर्न नसकिएका सामाजिक स–साना सवालहरुलाई सामुदायिक मेलमिलाप केन्द्रले स्वतस्फुर्त रुपमा अपसी सहमति र सहकार्यका आधारमा दुवैका हित हुने गरी न्याय दिलाउन भूमिका खेल्नुपर्ने बताएका थिए ।
न्यायाधिस खड्काले मेलमिलाप केन्द्र कानूनको एक वैकल्पिक न्याय क्षेत्रका रुपमा उदाउदै गएको चर्चा सेमत गरेका थिए । खड्काले कानुनको नीति भित्र रहेर न्यायको अपनत्व दिलाउन मेलमिलाप कर्ताहरु आग्रह गरेका थिए । न्यायाधिस खड्काले मिलापत्र गर्दा पिडित पनि खुलेर न्याय माग्ने र पिडित पनि आफ्नो गल्ति स्वीकार गरी दुवैको हित र सामाजिक भावनाको विकास हुने गरि आउने बताए ।
मेलमिलाप केन्द्रले गर्दा समाजमा हिंसा र अमानविय हिंसात्मक घटनाहरु कमि आएको तथा सभ्य र शान्त समाज निर्माण गर्न सहयोग पुगेको न्यायाधिस खड्काको धारणा थियो ।
कार्यक्रममा मेलमिलाप कर्ता तुलसा गिरी , पर्शुराम चौधरी , वेसकी कार्यक्रम संयोजक शान्ता चौधरी ,सन्तोष कर्ण र सेलर्डका अर्जुन अधिकारी लगाएकाले मन्तव्य व्यक्त गरेका थिए । सेलर्डका कार्यक्रम प्रशिक्षक शंकर चौधरीको स्वागत मन्तव्य वाट श्ुरु भएको कार्यक्रमको सहजीकरण सिता आचार्यले गरेकी थिईन ।
मेलमिलापको जिल्ला अध्यक्षमा गौतम
मेलमिलाप जिल्ला सञ्जाल दाङको अध्यक्षमा पोषणराज गौतम सर्वसहमतिवाट निर्वाचित भएका छन् । मंगलवार घोराहीमा भएको दाङ जिल्लास्तरिय मेलमिलाप कर्ताहरुको जिल्ला सञ्जालको भेलाले तुलसीपुर १४ बनगाँउ निवासी गौतमको नेतृत्वमा नौं सदस्य जिल्ला कार्य समिति चयन गरेको हो ।
यसअघि गौतम टरिगाँउ मेलमिलाप केन्द्रका संयोजक थिए । कानुन अन्वेशन तथा स्रोत विकास केन्द्र दाङका संयोजक मोहन प्रशाद धितालको अध्यक्षता र दाङ देउखुरी जिल्ला अदालतका न्यायाधिस चुरामण खड्काको प्रमुख आथित्यमा भएको भेलाले गौतमको नेतृत्वमा नयाँ नेतृत्व चयन गरेको हो ।
नयाँ निर्वाचित कार्यसमितिको कार्यकालको टुङ्गो भने छैन । नव निर्मित कार्यसमितिले विधान निर्माण गरेर जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेपछि बल्ल अर्काे नयाँ समिति गठन बाटो खुल्छ । त्यस्तै उपाध्यक्षमा रामवरण यादव चयन भएका छन् । देउखुरीको बेला गाविस निवासी हुन ।
मेलमिलाप कर्ताहरुको भेलाले सचिवमा लालिका पोख्रेललाई चयन गरेको छ भने कोषाध्यक्षमा शोभा घिमिरेलाई चयन गरेको छ । भेलाले जिल्ला सदस्यहरुमा कमल प्रशाद भट्टराई, माधव प्रशाद गौतम, लोकबहादुर खड्का, युवराज न्यौपाने र दीपक नेपाली चयन गरिएका छन् । दाङका गाविस र नगरपालिका गरि २७ वटा स्थानमा सामुदायिक मेलमिलाप कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
यसमध्ये पनि १७ वटा स्थानमा स्थानीय निकाएमा कार्यक्रम हस्तान्तरण भइसकेको छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले देशका सबै जिल्ला विकास समिति र नगरपालिकाहरुलाई सामुदायिक मेलमिलाप कार्यक्रम सञ्चालनका लागि पत्रचार गरिसेको छ ।
यसैविच जिल्ला विकास समिति दाङले कार्तिक १२ गतेका दिन जिल्लाका सबै गाविसहरुलाई पत्रचार गरि मेलमिलाप कार्यक्रमका लागि कोष स्थापना गरि कार्यक्रम सञ्चालन गर्नका लागि पत्रचार गरिसकेको छ ।
