इन्द्रेणी संवाददादाता
घोराही, १९ पुस । विजौरीमा भोलिदेखि शुरु हुने कृषि पर्यटन प्रवद्धन एवं व्यापारिक महोत्सवको तयारी पूरा भएको छ । आज घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी महत्सव आयोजक संस्था विजौरी उद्योग वाणिज्य संघले महोत्सवको तयारी पूरा भएको बताएको हो ।
विजौरी क्षेत्रको पहिचानका लागि आयोजना गरिएको महोत्सव माघ १ गतेसम्म चल्ने र त्यसको तयारी करीव करीव पूरा भएको महोत्सव आयोजक मूल समितिका संयोजक एवं विजौरी उवासंघका अध्यक्ष मुकेश वलीले जानकारी दिए ।
महोत्सवमा विभिन्न साढे दुई सय स्टल रहने बताइएको छ । महोत्सव अवधिभर एक लाखले अवलोकन गर्ने र एक करोड आर्थिक कारोवार हुने आयोजकले अपेक्षा गरेको छ ।











