इन्द्रेणी संवाददाता
घोराही, १९ पुस । भरखरै सरुवा भएर आएको जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख ओमप्रकाश वाग्लेले दाङमा सवारी दुर्घटना न्यूनिकरणमा आफूले सक्दो पहल गर्ने भएका छन् ।

dscn0976ट्राफिक कार्यालय दाङको आज आयोजना गरेको परिचयात्मक कार्यक्रममा प्रमुख वाग्लेले आफूसँग भएको जनसक्ति र स्रोत साधनले भ्याएसम्म सडक दुर्घटनामा ट्राफिक प्रहरी खट्ने बताए ।

सम्पत्ती शुद्धिकरण विभागबाट सरुवा भएर आएको वाग्लेले विभागले नै ट्राफिक व्यवस्थापनको जिम्मेवारी दिएर पठाएको उल्लेख गर्दै आफू दाङमा रहदासम्म खटेर आफ्नो जिम्मेवारी निर्वाह गर्ने बताए ।

उनले सबै पक्षको जायज सुझावहरुलाई आत्मसाथ गर्दै आफू अघि वढ्ने समेत उनले बताए । कार्यक्रममा सहभागी सञ्चारकर्मीहरुले दाङको ट्राफिक व्यवस्यापनमा सक्दो पहल गर्न आग्रह गर्दै स्वागत गरेका थिए ।