इन्द्रेणी संवाददाता
घोराही, १९ पुस । दाङको पहाडी गाविस स्यूजाका गाविस सचिव खिमेन्द्रसिंह खड्काले घोराही एक होटलबाट गाविस कार्यालय सञ्चालन गरेको स्थानीयले बताएका छन् ।

dscn0980घोराही निमाहलस्थित न्यू पाण्डे होटलबाट सचिव खड्काले कार्यालयको काम गर्ने गरेको भन्दै स्यूजाका स्थानीयहरुले आज गाविसको काम गाविसबाटै गर्न माग गर्दै जिल्ला विकास समिति दाङमा ज्ञापनपत्र बुझाएका छन् । गाविसमा अन्य कर्मचारीले सचिव त्यहाँ होटलमा हुनुहन्छ भनेर सिफारिस गर्ने र सचिव खड्काले लुकिछिपि होटलबाट कार्यालयको काम गर्ने गरेको स्यूजाका स्थानीय एवं नेपाली काग्रेसका पूर्णबहादुर मल्लले बताए ।

सचिव खड्काले होटलको सेटिङमा सामान्य जन्मदर्ता गर्दा पनि २ हजारदेखि २५ सयसम्म लिने गरेको उनले बताए । पत्रकार महासंघमा आज पत्रकार सम्मेलनको आयोजना गरी यस्तो बताएका हुन् ।

पत्रकार सम्मेलनमा काग्रेस, एमाले, राजमो, राप्रपालगायतका राजनीतिक दलका प्रतिनिधिहरु गाविस सचिव खड्काले गाविसको योजनातर्जुमा गोष्ठी र गाउँ परिष्षदमा पनि एकलौटी गरेको आरोप लगाएका छन् ।