काठमाडौं, १८ पुस । विपक्षीको अवरोधपछि साढे दुई घन्टाका लागि स्थगित गरिएको व्यवस्थापिका संसदको बैठक सूचना टाँस गरी फेरि स्थगित भएको छ।
सोमबार दिउँसो सबा एक बजे बसेको संसद्को बैठक एमालेलगायतका विपक्षी दलको अबरोधका कारण अबरुद्ध भएपछि सभामुख ओनसरी घर्तीले अपरान्ह ४ बजेसम्मका लागि बैठक स्थगित गरेकी थिइन्।
गतिरोध हटाउने सभामुखको पहल निश्कर्षबिहिन भएपछि बैठक भोलि मंगलबार १ बजे बोलाइएको छ। सभामुखले अपरान्ह बोलाएको बैठकमा शीर्ष दलका नेताहरु अनुपस्थित भएका थिए।
