गोविन्द खड्का
घोराही १८ पुस । घरघरै पाईपका टुक्रा देख्न सकिन्छ घोराही–६ हात्तिखर्कमा । अघिल्लो बर्ष जोगिडा“डाका धारामा मात्रै पानी थियो । अहिले करीव ३० घर वढी बसोबास गर्ने हात्तिखर्कमा पनि खानेपानी आएको हो ।

dscn5853कहिल्यै तलबाट त कहिल्यै गाउ“को सिरानबाट पानीको पालो लाग्छ । स्थानीय समीक्षा बुढाका अनुसार पहिलाको भन्दा सुख पाइएको छ । दुईमहिना झारा गरेको फाईदा भने अझै उठेन । टुक्रा पाईप घर घरै छन् । पाईपमा पानी आएदेखिनै पालो मिलाई भाडा बर्तन् भर्छन् ।

खानेपानीले बस्तीलाई धानेको छैन । जोगिडाडाका जुत्तबहादुर पुनका अनुसार मुहानमा टंकी सानो भएकाले रातभरीको पानी संलीन पाउदैन । जोगिडाडामा चालुभएको धेरै बर्षपछि पानी हात्तिखर्क सम्म ल्याईएको हो । उपाए नभएपछि घोराही नगरपालिकाले सोलारबाट पानी खुवाएको थियो । बस्तीभन्दा तल मुहान भएपछि बर्षौसम्म खानेपानी समस्याले हात्तखर्क बासी पिरोलिएका थिए ।

३० घर बढिले दुई महिना झारा गरेका थिए । स्थानियका अनुसार मुहान मा गाउलाई धान्नेगरी प्रशस्तै पानी छ । खाली मोटर विग्रएको हो । रातिमा सोलारले काम नगर्दा पानी खेर जान्छ । दिनभरी तान्छ तर रातिको पानी खेर जान्छ । त्यो जम्मा हुने ठुलो टंकीको जरुरी छ । अलि अग्लो टंकि चाहिन्छ । अर्को मुहान नजिकै छ । त्यसलाई व्यवस्थापन गरेपछि हात्तिखर्कलाई पुग्छ । राति पनी मोटरले तान्ने गरी विद्युत विस्तार हुनु हात्तिखर्कको पानीका लागि अनिवार्य छ ।

खानेपानी ल्याउन २ घण्टा वढी खर्चीनु परेपछि घोराही ६ हात्तिखर्कले नगरपालिकाको दुर्गमको दर्जा खोज्छ । अघिल्लो बर्ष देखि तिन दिनमा एक पटक घर घरै धारा आएपछि सुगम तिर तानिएको छ । तर पानी संकलन गर्ने कष्ट देखेर शौचालय बनाउने दवाव दिन नसकिएको अर्जुन बुढाले जानकारी दिए ।

फलाके मुल सर्लक्कै परखोलामा जानुपर्छ । झारा दुई महिना गरेका हुन् । खाल्टो खन्ने पाईप गाड्ने काम गरे । यत्ति दुख गरेर पनि सुख मनले पानी खान पाएनन् । ‘सोलारले काम गर्छ मोटर पुरानो र बदलिरहनुपर्छ’ स्थानिय दिलबहादुर सार्कीले भने, ‘रातिको समयमा सोलारले तान्दैन ड्याम भरीएर खेर जान्छ ।’

लाईन विस्तार हुने कुराको खुशी सबैका मनमनमा पुगेको छ । पोल गाड्ने झारा शुरु भएको छ । छाल्दो फाल्दो पानी पाईने रहर उकुस मुकुस हुन थालेको छ । रहरैमा झारा गरीरहेका छन् । यदि दुईवटै महानको पानी तान्न सकियो भने प्रशस्तै टमाटर खेती हुनेछ । बर्षातमा बेसार, पिडालु, अदुवा लगाएतका नगदे वाली र हिउदमा प्याज टमाटर उत्पादन हुने छ ।

जंगल नजिक छ । नियमित हात्तिखर्क पुग्ने गिठेपानीका शिक्षक कृष्ण बहादुर रावतका अनुसार गाडि मोटर हिड्ने भएपछि हात्तिखर्क पुर्ण हुन्छ । अहिले टेक्टर चलेका छन् । नियमित टेम्पो वा टेक्सी लागेपछि हात्तिखर्क सुगममा बदलिन्छ । त्यहाको बस्तिमा हारालुछ चल्छ । झिंटिकोटलाई पर्यटकिय स्थल बनाउन सके त्याहाको बस्ति बहुमुल्यमा बदलिने छ ।

एउटा घडेरी चालिस पचास हजार अहिले पनि पुगेको छ । वडा सरसफाई समितिका सचिव दिनेश वलीका अनुसार पानीको सुविधा हुने वित्तकै हात्तिखर्क टोलमा पुर्ण सरसफाइ कार्यक्रम सजिलो छ । मान्छेहरु ईमान्दा भएपनि पानीको असुविधाले पिछडिएको र कम शौचालयवाला बनाएको हो ।