सन्तोष दहित
घोराही, १८ पुस । ग्रामीण महिला उत्थान केन्द्रको केन्द्रीय अध्यक्षमा पुन आशमानी चौधरी चयन भएकी छिन् । शनिवार दाङको घोराहीमा भएको २२ औं साधारण सभा तथा १० अधिवेशनबाट चौधरी सर्वसम्बत रुपमा अध्यक्षमा चयन भएकी हुन् ।
त्यस्तै केन्द्रको उपाध्यक्षमा कमला चौधरी, सचिवमा सरिता चौधरी, सहसचिवमा मिना गिरी, कोषाध्यक्षमा मिरा चौधरी, सदस्यमा बसन्ता पुन र रेनु अधिकारी चयन भएको केन्द्रका सूचना अधिकृत नविन चौधरीले जानकारी दिए ।
यसैबीच साधारणसभा तथा १० अधिवेशन उदघाटन कार्यक्रममा बोल्ने बक्ताहरुले ग्रामीण महिला उत्थान केन्द्र घोराहीले आफ्नो स्थापना कालदेखि महिलाहरुको शसक्तीकरणसंगै हजारौं महिलाहरुलाई आत्मनिर्भर बनाउन सफल भएको बताएका थिए । कार्यक्रममा महटावा, बरघर, भलमन्सा महासंघ दाङको अध्यक्ष एवम् थारु अगुवा थारु चन्द्रप्रसाद चौधरीले महिलाहरुले अवसर पाएभने जस्तो सुकै पनि काम गर्न सक्ने आँट हुन्छ भने यो सस्थाले आम समाजमा देखाइसकेको बताएका थिए ।
कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका चौधरीले देशलाई समृद्धितर्फ लैजानका र देशको आर्थिक क्रान्ति गर्नका निम्ति अहिले महिलाहरुको नेतृत्व आवश्यक रहेको बताइन् ।
केन्द्रकी अध्यक्ष आशमानी चौधरीको अध्यक्षतामा तथा महटावा, बरघर, भलमन्सा महासंघ दाङके अध्यक्ष एवम् थारु अगुवा चन्द्र प्रसाद चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बुद्धिजीवि एचवि थापा, नेपाल पत्रकार महासंघ दाङ शाखाका सदस्य सन्तोष दहित, पत्रकार प्रेम रम्जा, पदमा चौधरी, देवि घर्ति, सुन्तली चौधरी लगायतले आ आफ्नो विचार राखेका थिए ।