
घोराही १८ पुस । नेकपा माओवादी विप्लव माओवादीका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश वली ‘सुर्दशनले ’ संसोधनको पक्ष ओकालत गर्ने सत्ता पक्ष र संसोधनको विरोधमा ढोल पेट्ने एमाले लगाएतका प्रतिपक्ष दुवैले जनता लाई गुम्राहामा राख्न खोजेका आरोप लगाएका छन ।
नेकपा माओवादी दाङको शनिवार देखि घोराहीमा सुरु भएको आठौ जिल्ला अधिवेशनको आइतवार समापन पछि आयोजित पत्रकार सम्मेलनमा नेता वलीले जनता झुक्याउने खेलमा दुवैलागि रहेकाले सचेत रहन आग्रह गरेका हुन ।
उनले भने ‘मैले हाने जस्तो गर्छु तँ रोए जस्तो गर भन्ने उक्ति झैं दुवैको षडयन्त्रकारी रणनीतिको सिकार जनता भएका छन् ।’ सत्ता पक्ष र प्रतिपक्षी एमाले दुबै एमाले भारतवादी भएको उनको आरोप थियो । उनीहरु दुबै भारतको ईशारामा चल्दै आएको भएपनि जनताको अगाडि नाटक मात्रै गरेको बताएका थिए ।
उनले थपे ‘ यस्तै अवस्था कायमै रहेमा र वैलेमा नेपालीले नसोच्ने हो भने नेपाल–नेपाल होईन , हिन्दुस्तानको एक प्रदेश वन्न सक्छ ।’ उनले भष्ट्राचारीलाई सरकारले ओत्दै गएको भएपनि जनता सामु देखाउदा गिरफ्तारको नाटक मात्रै गर्ने गरिएको आरोप लगाए ।
मुलुकको परिवर्तनका लागि दश वर्ष जनयुद्ध भएपनि आज उनै भष्ट्राचारी र घुसखोरीहरुको व्रचश्व स्थापित हुनु विडम्वना भएको उनले बताए । लोकमान सिंह कार्कीलाई कालोमोसो लगाउने आफना कार्यकर्ता गिरफ्तार तत्काल रिहाई गर्न उनले माग गरेका थिए ।











