घोराही, १७ पुस । प्राविधिक शिक्षाको स्तर उन्नतिका लागि दाङको घोराहीमा यही माघ ३ देखि १० गतेसम्म सञ्चालन हुने श्रीमाद्भागवत सप्ताह ज्ञान महायज्ञ २०७३ का लागि आजदेखि सचिवालय सञ्चालनमा आएको छ । घोराहीको जिविस रोडमा सचिवालय स्थापना गरिएको हो ।

eeeeपद्मोदय पब्लीक नमुना माध्यामिक विद्यालय घोराही ११ भरतपुरको आयोजनामा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि एवं स्तरिय प्राविधीक शिक्षालय सञ्चालनार्थ आयोजना गरिएको महायज्ञका लागि जिविस रोडमा रहेको होटेल थ्री स्टारको दक्षीणतर्फ रहेको माधव न्यौपानेको घरमा सचिवालय स्थापना गरिएको महायज्ञका प्रचारप्रसार संयोजक सुदिप गौतमले जानकारी दिए ।