नारायणपुर, १७ पुस । त्रिपुरमा नेपाल महिला संघ त्रिपुर नगर समिति गठन गरिएको छ । आज सम्पन्न भेलाले उक्त समिति गठन गरेको हो ।

संघका जिल्ला अध्यक्ष गोमा रावतको अध्यक्षता एंव नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ३ का सभापति भुपबहादुर डाँगीको प्रमुख आतिथ्य र महिला संघका केन्द्रिय सदस्य गिरिजादेवी न्यौपानेको विशिष्ठ आतिथ्यमा भएको महिलाहरुको भेलाले गोमा रजौरेको अध्यक्षतामा ११ सदस्यीय नेपाल महिला संघ त्रिपुर नगर समिति गठन गरेको हो । जसको उपाध्यक्षमा लीला बुढाथोकी, सचिवमा शोभा अधिकारी, कोषाध्यक्षमा नमा रावत र अन्य सदस्य रहेका छन् ।