काठमाडौं, १७ पुस । मोहन बैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी) र भूपेन्द्र न्यौपाने नेतृत्वको कम्युनिस्ट न्युक्लियस नेपालबीच आज एकता भएको छ ।

party-ekta-baidhya-maoप्रज्ञा भवन कमलादीमा आइतबार पार्टी एकता घोषणा कार्यक्रम गरी दुई पार्टीबीच एकताको घोषणा गरिएका हुन् । कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य र कम्युनिस्ट न्युक्लियस नेपालका संयोजक भूपेन्द्र न्यौपानेले संयुक्त रुपमा पार्टी एकता भएको घोषणा गरेका छन् ।

तत्कालिन एनेकपा माओवादीबाट कारबाहीमा परेपछि कम्युनिष्ट न्युक्लियस पार्टी बनाएका हेमन्तप्रकाश ओली सुदर्शन विप्लव माओवादीमा ध्रुवीकृत भएपछि न्यौपानेले न्यूक्लियसको नेतृत्व गर्दै आएका थिए ।
पार्टी एकता घोषणा कार्यक्रममा क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्यले वैदेशिक हस्तक्षेपबाट मुलुकलाई जोगाउन र राष्ट्रियता बचाउन दुई कम्युनिस्ट पार्टीबीच एकता भएको बताए ।

उनले मुलुकमा वैज्ञानिक समाजवाद स्थापना गर्न जनवादी क्रान्ति सम्पन्न अझै बाँकी रहेको भन्दै अब कम्युष्टिबीचको एकताले मात्रै त्यो अभिभारा पूरा गर्ने बैद्यले दावी गरे ।

कम्युनिस्ट न्युक्लियस नेपालका संयोजक न्यौपानेले मुलुकलाई विखण्डनबाट जोगाउनुपर्ने र जनताले परिवर्तनपछि राखेका आशालाई पूरा गर्नुपर्नका लागि आफूहरु एकतामा आएको बताए ।