मनाङ (चामे), १७ पुस । हिमालपारीको जिल्ला भनेर चिनिने मनाङमा यसबर्ष पहिलो पटक हिमपात भएको छ । मनाङमा आज आइतबार मध्यान्नदेखि हिमपात पर्न थालेको हो ।

managअत्याधिक चिसोसँगै परेको हिमपातका कारण मनाङमा ह्वातै जाडो बढेको छ । सदरमुकाम चामेसँगै माथिल्लो मनाङका सात वटै गाविसहरु र विकट गाविसहरु नार र फूमा हिउँ परेको मनाङका प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले बताए । उनले पर्यटकहरु पदमार्गमा मज्जा लिएर हिंडेको बताए । ‘भारी हिमपात नपरेका कारण पर्यटकलाई कुनै समस्या छैन ।’

माथिल्लो मनाङको सात वटा गाउँ विकास समिति साथै नार र फू गाविसमा हिमपात परेको छ । माथिल्लो मनाङका गाउँहरुमा पाँच सेन्टिमिटरभन्दा बढी हिउँ जमेको अपर पिसाङका याङडुङ गुरुङले जानकारी दिए ।