U.N. Secretary-General Ban Ki-moon gestures during a press conference at the United Nations headquarters in Geneva, Switzerland Friday, Dec. 12, 2008. Ban says the latest "very sobering" assessment of the World Bank underscores the world's economic problems. The world should act with great urgency and compassion to ease economic distress. (AP Photo/Anja Niedringhaus)

काठमाण्डौ, १२ जेठ
संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले भूकम्पबाट क्षतिग्रस्त नेपालको भौतिक संरचनाहरुको पुनर्निर्माणमा संयुक्त राष्ट्रसंघले निरन्तर सहयोग गर्ने बताउनुभएको छ ।U.N. Secretary-General Ban Ki-moon gestures during a press conference at the United Nations headquarters in Geneva, Switzerland Friday, Dec. 12, 2008. Ban says the latest "very sobering" assessment of the World Bank underscores the world's economic problems. The world should act with great urgency and compassion to ease economic distress. (AP Photo/Anja Niedringhaus)

टर्कीको इस्तानवुलमा आयोजित विश्व मानवीय सम्मेलनका क्रममा महासचिव वानले भूकम्प पश्चातको उद्धार तथा राहतमा राष्ट्रसंघले सहयोग पुर्याएको र पुनर्निर्माण कार्यमा पनि निरन्तर सहयोग रहने  बताउनुभएको हो ।

उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली सहितको टोलीले नेपाल सरकारले तयार पारेको पुनर्निर्माण र पुनर्स्थापना सम्बन्धी पाँच वर्षे योजनाको खाका हस्तान्तरण गरेको थियो ।

सो अवसरमा महासचिव वानले पुनर्निर्माण सम्बन्धी खाका ल्याएकोमा खुशी व्यक्त गर्नु भएको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले जानकारी दिनुभयो । उपप्रधानमन्त्री थापा सहितको टोलीले अन्तर्रा्ष्ट्रिय स्तरमा नेपालको नाममा भूकम्पपीडित र पुनर्निर्माणको लागि विभिन्न क्षेत्रबाट संकलन गरिएको सहयोगलाई छिटो भन्दा छिटो नेपालमा पुर्याइ सदुपयोग हुनु पर्नेमा जोड दिएको थियो ।

टर्कीको चार दिने भ्रमण सकि प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवाली स्वदेश फर्किनुभएको छ ।।