दाङ, १२ जेठ
सर्वोदय पुस्तकालय तथा वाचनालय घोराही दाङको ६४ औं स्थापना दिवस आज मनाइदै छ ।
२०१० साल जेठ १२ गते स्थापना गरिएको उक्त पुस्तकालय तथा वाचनालयको व्यवस्थापन समितिले आज एक कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाउन लागेको हो ।
स्थापना दिवसको अवसरमा जिल्ला विकास समिति दाङको सहयोगमा सञ्चालन गर्न लागिएको बाल पुस्तकालयको उद्घाटन गरिने पुस्तकालयका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिनुभयो । दिवसको अवसरमा आज अपरान्ह ४ बजे घोराही– ११ गौतमनगर टोलस्थित पुस्तकालय भवनमा कार्यक्रम राखिएको खनालले बताउनुभयो ।
उक्त कार्यक्रममा साहित्यकार, पत्रकार तथा पुस्तकप्रेमी सबैलाई उपस्थितिका लागि उहाँले अनुरोधसमेत गर्नुभएको छ ।।











