नवलपरासी, १२ जेठ
पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको गैंडाकोट नगरपालिका ११ हर्कपुरमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।accident-650x345

सल्यानवाट काठमाण्डौ जाँदै गरेको बा २ क ११३७ नम्बरको मिनि ट्रक आज विहान ५ बजे दुर्घटनामा परेको थियो । रुखमा ठोकिएर भएको दुर्घटनामा २ जनाको घटना स्थलमा र अन्य दुईको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गैडाकोटका प्रहरी हवल्दार कमल कुवरका अनुसार मृत्यु हुनेहरुको सनाखत भएको छैन । दुर्घटनामा अन्य १६ जना घाइते भएका छन् । घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । मिनी ट्रकमा चालक सहित १८ जना सवार थिए ।।