इन्द्रेणी संवाददाता
दाङ, १६ पुस । दाङको डुरुवा गाविस वडा नं. ४ कोठरीमा सञ्चालन भइरहेको माघी विशेष संस्कृतिक महोत्सवमा आजको माहोल नायिका रेखा थापाले तताइन । महोत्सवको अन्तिम दोस्रो दिन शनिवार नायिका थापाले दर्शकहरुलाई आफ्ना प्रस्तुतीबाट भरपुर मनोरञ्न दिइन ।

15823681_1224554930969163_3866890570620056207_nमहोत्सवमा आज हजारौंको सहभागिता थियो । फिलिमि पर्दामा देखिने नायिका रेखा थापालाई प्रत्यक्ष देखिपछि दर्शकहरु रमाएका थिए । “स्वस्थ गाँउ स्वस्थ शहर, लागु औषध नियन्त्रण गर्ने हाम्रो रहर” भन्ने मूल नाराका साथ सुरु भएको महोत्सवमा दर्शकहरुलाई समाल्न सुरक्षाकर्मीहरुलाई हम्मेहम्मे परेको थियो ।

महोत्सवमा थापाले ‘बनेको छ पहराले यो छाती मेरो बगेको छ झरना रगतमा मेरो, पखेरोमा जन्मे टाकुरामा खेल्न म झुक्दै नझुक्ने म नेपालीको छोरी’ बोलको देशप्रेमीले भरिएको गीत गाएकी थिइन् । कार्यक्रममा अन्य कलाकारहरुले पनि प्रस्तुती राखेका थिए ।