संजय कुशवाहा
नवलपरासी १६,षौष । नवलपरासीको सदरमुकाम परासी देखि ३० किमि टाढा कंगली खोलाको किनारमा झुपडी बनाएर बस्दै आएका दलित तथा अत्यन्त गरिब परिवारका बालबालिका बिधालय जान छोडेका छन ।

गुठी परसौनी वार्ड न ३ कठहवा स्थित कंगली खोलाको किनारमा बस्दै आएका मुसहर जातका ४२ घर परिवार का बालबालिकाहरू चिसो मौसममा न्यानो कपडा नभएकोले बिधालय जान छोडेका हुन् ।
रामजित मुसहरले दिएको जानकारी अनुसार चिसो याम मौसममा कतिपए साना बालबालिका लगाएत परिवारको सदस्य पनि चिसोको कारण बिरामी परेका छन।
पैसाको अभावले गर्दा उपचार गराउन सकेका छैन्न ।खोलामा माछा मारेर बजारहरूमा बेचने यिनीहरूको मुख्य पेसा रहेको छ र कसैले अरूको खेतमा ज्याल मजदुरी गरि दुई छाक टर्ने यिनीहरूको दिन चर्या बनेको छ ।
पुर्व मन्त्री हृदेश त्रिपाठी को गाउँ र हाल प्रत्येक्ष निर्वाचित सांसद देवकरण कलवार ( सन्तु ) को गाविस पनि हो । नवलपरासीको गुठी परसौनी गाउँ विकास समिति शिक्षाको विषयमा अगाडि रहेको छ तर यही सांसद ,पुर्व मन्त्री ,ईन्जिनियर ,डाक्टर ,प्रधानअध्यापक,,शिक्षक समेत रहेको गाविसमा एउटा मुसहर टोलको मुहार फेर्न सकेको छैन्न ।
