काठमाडौँ, १६ पुस । हुन्डी कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले चिनियाँ झाव युलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले होटलमा जाँच गर्ने क्रममा होटल डिङ हुहाङ डिङ वानको कोठा नं ३०२ बाट ८४ लाखसहित उनलाई पक्राउ गरेको हो ।

timthumbउनका साथमा राजीव गौतमका नाममा रहेको एनसिसी बैंकको रकम ११ लाख ७६ हजारको चेकसमेत प्रहरीले बरामद भएको छ । गौतमसमेत पक्राउ परेका छन् ।

ठमेल इलाकामा रहेका होटलमा अवैध मुद्राको कारोबार भएको सूचनाका आधारमा प्रहरीले छापा मारेको महानगरीय प्रहरी परिसर, काठमाडौँका निमित्त प्रमुख प्रहरी उपरीक्षक प्रद्युम्नकुमार कार्कीले जानकारी दिए । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।