दिल्ली, १६ पुस । भारतको झारखण्डमा अवस्थित कोइलाखानी भत्किँदा कम्तीमा ३५ जना मजदुर घाइते भएको प्रहरी अधिकारीहरुले जानकारी गराएका छन् । खानीका अझै ६० जना फसेका आशङ्का गरिएको छ ।

blastझारखण्डा राज्यको गोद्डा जिल्लामा गएको बिहीबार राति उक्त घटना भएको जनाइएको छ । उद्धारकार्य जारी रहेको तर बाक्लो कुहिरोको कारण सो कार्यमा प्रभावित भएको बताइएको छ ।

घाइतेहरुलाई उपचारार्थ अस्पताल लगिएको तर यस घटनामा परी हालसम्म कोही पनि मारिएको समाचार भने प्राप्त भएको छैन् । भारत कोइला उत्पादनको लागि विश्वमा नै तेस्रो स्थानमा पर्ने राष्ट्रको रुपमा रहेको छ ।

आफ्नो देशमा आवश्यक रहेको कोइलाको ६० प्रतिशत भारतको उत्पादनले पुग्ने बताइन्छ । तर कम मर्मत संभारको कारण यहाँ बारम्बार यस्ता दुर्घटना हुने गरेको छ ।