एजेन्सी, १५ पुस । चीनमा निर्माण भएको विश्वकै अग्लो मोटरेबल पुल सञ्चालनमा आएको छ। जमीनदेखि मापन गर्दा विश्वकै अग्लो यो पुलमा यातायात सेवा आज सञ्चालन हुन दिइएको छ ।
स्थानीय अधिकारीका अनुसार बेइपानजियाङ्ग पुलले देशको पहाडी दक्षिण(पश्चिमी भागको दुई प्रान्तलाई एकापसमा जोडेको छ । यो पुलका कारण यी दुई प्रान्तको यात्रा पनि लगभग एक(चौथाईमा घटेको छ।
गीझु प्रांतीय यातायात विभागले आफ्नो आधिकारिक वेबसाइटमा एक विज्ञप्ती प्रकाशित गर्दै एक नदीमाथि बनाइएको बेइपानजियाङ्ग पुलको उचाई ५६५ मिटर (१८५४ फिट) अग्लो रहेको छ ।
यो पुलले पहाडी प्रान्त युन्नान र गिझुलाई जोडेको छ। १ हजार ३ सय ४१ मिटर लामो यस पुलको लागत एक अर्ब युआन अर्थात १४ करोड ४० लाख अमेरिकी डलर भन्दा धेरै रहेको छ ।
