काठमाडौं, १५ पुस । राजधानीमा आज अज्ञात समूहले एउटा सरकारी बोलेरो जीपमा आगजनी गरेको छ ।
नयाँ बानेश्वरमा बा २ ज १३ ९२ नम्बरको सरकारी गाडीमा तोडफोड गरी दिउँसै आगजनी भएको हो ।
आगजनी भएको केही वेरमै प्रहरीले दमकल ल्याएर आगो नियन्त्रणमा लिएको थियो । आगजनी गर्ने समूहको खोजी भइरहेको प्रहरीले बताएको छ ।
