तुलसीपुर १५ पुस । सांसद डिल्लीबहादुर चौधरीले जव सम्म सरकारी विद्यालयको नतिजामा सुधार आउँदैन तव सम्म सररकारी शिक्षामा परिवर्तन र सुधार आएको मान्न नसकिने बताएका छन् ।
महेन्द्र माद्यायामिक बिद्यालय तुलसीपुरले ५५ औ बार्षिक उत्सवलाई प्रमुख अतिथि समेत रहेका नेपाली काँग्रेसका नेता समेत रहेका चौधरीले भने ‘जव सम्म चप्पल लगाउने र हलो जोप्नेको छोरा छोरीले पढ्न पाउने वातावरणको सृजना हुँदैन तव सम्म शिक्षाको स्तर माथि उठेको मान्न सक्ने आधार सृजना भएको मान्न सकिदैन ।’ उनले थपे ‘ घर जग्गा किन्दा वा व्यापार गर्दा एक पुस्ताको लागि फाईदा हुन सक्ला तर, शिक्षाको लागि लागनी गर्ने हो भने पुस्तौं पुस्ताको लागि हुने छ ।’
सांसद चौधरीले आफु महेन्द्र माविको पूर्व विद्यार्थी भएकोमा गर्भ गर्दै भने ‘ म चप्पल लगाउनेको छोरा हुँ , हलो जोत्नेको छोरा हुँ , मेरो बाबाले २५ पैंशा मासिक फि तिर्न नसक्दा यही स्कूलमा कमल धिताल सरले तिरेर पढार र आज म यो ठाँउमा आएको छु , यो श्रेय म मेरो गुरुलाई दिन चाहान्छु ।’
उनले गुरुुका रुपमा ओबबहादुर डाँगी, नवराज रजौरे, ओमवहादुर बस्नेत लगायतका शिक्षकलाई आफुँुले पिता समान आज प्रयन्त मान्ने गरेको र उहाँहरुलाई देख्दा आफ्नो छाति ढुक्क फूल्ने गरेको स्मरण गरेका थिए । सांसद चौधरीले यो सबै भन्नुको कारण मानविय जीवनमा गुरुको महत्व बुझाउनका लागि नै थियो । सांसद चौरधीले अभिभावकले संस्कार दिने भएपनि शिक्षा दिने सवालमा सबै भन्दा ठूलो हात गूरु को नै हूने स्पष्ट पार्न खोजेका थिए ।
गुरु विनाको शिक्षा अपुरो हुने वताएका उनले जति गुरु मेहनती हुन्छ त्यति नै गुना विद्यार्थी राम्रो हु्ने तर्क प्रस्तुत गरेका थिए । सांसद चौधरीले २१औं सताप्ब्दीको गुरु अध्यनसिल हुनुको साथै इमेल इन्टरनेटको समेत अध्यन गरि त्यही अनुरुप शिक्षा दिन लायक हुनुपर्ने बताएका थिए । गुरु विनाको शिक्षा अधुरो हुने बताएका उनले जति गुरु अध्यन शिल हुन्छ त्यति नै विद्यार्थीे पनि त्यति नै राम्रो उत्पादन हुने तर्क प्रस्तुत गरेका थिए ।
सांसद चौधरीले भने ‘ विश्वामित्रले राम्रो शिक्षा नदिएको भए राम महमापुरुष बन्ने थिएनन्, चानक्यले राम्रो शिक्षा नएिको भए अशोकले सायदै भारत निर्माण गर्न सक्ने थिएनन् र दोर्णाचार्यले उचित शिक्षा शिक्षा निदएको भए पाँच पाण्डवको विजय संभव थियो ।’ तर, नेपाली काँग्रेसका नेता एवं सांसद चौधरीले भौतिक पूर्वाधार मात्रै शैक्षिक पूर्वाधारको मापन नहुने बताए ।
उनले डेक्स बेञ्च वा भवन मात्रै पढाईका मापदण्ड नभएकोले शिक्षाको प्रमुख स्रोत शिक्षक भएकोले लक्ष्मी प्रशाद देवकोटा वा दधिचि जस्तो शिक्षक बन्न आग्रह गरेका गिए । सांसद चौधरीले आफु महेन्द्र माविको पूर्व विद्यार्थी भएकै कारण आज आफ्नो पहिचान स्थापित भएको भन्दै उनले शिक्षक ओवबहादुर डाँगी, नवराज रजौरे, ओमवहादुर बस्नेतहरुको चेला भन्दा गर्भ अुनभूति हुने बताएका थिए ।
उनले भनेका थिए ‘ आज सांसद डिल्लीबहादुर चौधरी भनेर तपाँईले मान्नुहु्न्छ होला तर मेरो गुरु भनेका कलम धिताल, ओबबहादुर बस्नेत, नवराज रजौरे, ओमवहादुर बस्नेत लयायत अन्य यस्तै गूरुहरुले गर्दा हो ।’ सांसद चौधरीले आफूले पढेको विद्यालयको र त्यो पनि आफ्नै गूरुको सामुन्ने आफू ५०औं वार्षिक उत्सवमा प्रमुख अतिथि बन्नु पाउँदा गर्ब लागेको उल्लेख गर्दै अव उहाँहरुले लगाएको गुणको ऋण तिर्ण समय आएको बताए । सांसद चौधरीले विद्यालय भवन निर्माणको लागि ३० देखि ४० लाख सम्मको स्रोत जुटाउने आश्वासन दिएका थिए ।
त्यस्तै उनले विद्यालयको लागि डिप बोरिङ निर्माण गर्ने र विद्यालयको वरिपरी पर्खाल निर्माण गर्न आफूले जिम्मा लिने आश्वासन दिएका थिए ।
महेन्द्र माद्यायामिक बिद्यालय तुलसीपुरले ५५ औ बार्षिक उत्बसका प्रमुख अथिति सांसद चौधरीले त्यस्तो कुरा बताएका हुन । विद्यालय ब्यबस्थापन समितिका जेष्ठ सदस्य ईश्वरी भण्डारीको अध्यक्षता तथा संसद डिल्ली बहादुर चौधरीको प्रमुख आतिथ्यता तथा दाङका शिक्षा अधिकारी रमेश मैनालीको बिशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बिद्यालयको प्रतिबेदन प्रअ जितबहादुर थापाले प्रस्तु गरेका थिए ।
कार्यक्रममा पुर्ब प्रधानध्यापक ओब बहादुर डाँगी, नवराज रजौरे , कमलराज शर्मा, शेखर चन्द्र पोख्रेल, कक्षा ९ मा अध्ययनरत निराजन केसी, अभिभाबक भिम बहादुर बिक, शिबराज पुन मगर, बिद्यालय ब्यबस्थापन समितिका सदस्य शेसमनी भण्डारी, गुरुजजुर माबिका प्रअ बिष्णु प्रशाद आचार्य, अमर माबि उरहरीका प्रअ पदम न्यौपानेलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
साथै पुर्ब प्रधानध्यापक नबराज रजौले उत्कृष्ठ शिक्षकलाई बार्षिक पुरस्कृत गर्ने उदेश्यले २५ हजार २५ रुपैयाको अक्षयकोष स्थापन गरेका छन् । यस्तै यस बर्षको उत्कृष्ठ शिक्षक जनकराज शर्मालाई पुरस्कृत गरेको छ । साथै अनिबार्य अबकास लिएका हिमा आचार्य र धर्मराज न्यौपानलाई बिदाई गरिएको छ । कार्यक्रममा बिशिष्ठ अतिथि जिल्ला शिक्षा कार्यालयका शिक्षा अधिकारी रमेश मैनालीले बिद्यालयलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रमको सहजीकरण साहयक प्रधानध्यापक गणेश अधिकारीले गरेका थिए । राप्ती समाचार