निरला अर्याल गैरे / तुलसीपुर १४ पुस । क्यान्सर पीडित भई मृत्यु भएका तुलसीपुर १ राणागाउका बिर बहादुर खत्रीको परिवारलाई शुक्रबार आर्थिक सहयोग गरिने भएको छ ।
तुलसीपुर ६ मा रहेको आईडिएल ईङलिस बोर्डिङ स्कुलका शिक्षक शुनिल शर्मा र कोलीकानम शर्माको बुवाको स्मृतिमा तथा बिद्यालयको अभिभाबक दिवसको अबशरमा पीडित परिवारलाई सहयोग रकम हस्तान्तरण गरिने भएको हो ।
बुधबारको राप्ती समाचार राष्ट्रिय दैनिकमा प्रकाशित समाचार प्रति प्रभाबित भएर पीडित परिवारलाई सहयोग गर्न लागेको शिक्षक शर्माले जानकारी दिए । शर्मा परिवारले बुवा राम प्रशाद शर्माको स्मृतिमा प्रत्येक बर्ष पीडित परिवारलाई दश हजार सहयोग गर्दै आएका छन् । यस पटक खत्री परिवारलाई गर्न लागिएको पाँचौ सहयोग हो । किरिया बसेका दुई छोरा र श्रीमतीलाई बिहान १० बजे बिद्यालयमै बोलाएर सहयोग गरिने शिक्षक शर्माले बताए । बिद्यालयका अन्य अभिभाबकहरुले पनि पीडित परिवारलाई सहयोग हस्तान्तरण गर्ने छन् । साथै अन्य सहयोगीदाताहरुले पनी बिद्यालयमा पुगेर उनीहरुलाई सहयोग गर्न सक्ने बताएको छ । बिगत ६÷७ महिना सम्म क्यान्सको उपचार गराईरहेका बिर बहादुरको मृत्यु पछि दुई छोरालाई कसरी पढाउने तथा उपचारमा लागेको ऋण कसरी तिर्ने भन्ने चिन्ता भएको श्रीमती सितलाले दुखेसो पोखेकी छिन् ।