तुलसीपुर १४ पुस । अपाङ्ग सेवा संघ तुलसीपुर १९ उरहरीको अध्यक्षमा पुनः देवा भण्डारी सर्बसम्बत रुपमा चयन भएकी छिन् । बिहिबार तुलसीपुर १९ उरहरीमा रहेको अम्मर उच्च माद्यायामिक बिद्यालयमा भएको सयंघको तेस्रो साधारण सभा तथा पहिलो अबिधेशनले भण्डारीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
जसको उपाध्यक्षमा नुम बहादुर बस्नेत, सचिबमा नमराज बस्नेत, सहसचिबमा बुद्धिमान बिक, कोषाध्यक्षमा बेद बहादुर बुढाचयन भएका छन् । त्यस्तै सदस्यहरुमा निम बहादुर चौधरी, झिमा पुन, कमला केसी र शोभा बिक चयन भएका छन् ।
देवा भण्डारीको अध्यक्षता तथा तुलसीपुर नगरपालिकाका नायब शुब्बा कबिराज आचार्य एब अम्मर उमाबिका सह–प्रधानध्यापक पदम वली , राप्ती बहिरा संघकी निर्देशक प्रतिमा शर्माको बिशिष्ठ आतिथ्यतमा भएको कार्यक्रममा बौद्धिक अपाङ्गता भएका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा झोला बितरण गरिएको थियो ।
तुलसीपुर नगरपालिका १८ र १८ नंबर वडाको सहयोग तथा अपाङ्ग सेवा संघको संयोजनमा २० जना बिद्यार्थीहरुलाई सामाग्री बितरण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि आचार्यले अब निर्माण हुने सरकारी कार्यालयका भवन अपाङ्गमैत्री बनाउनु पर्ने बताए । अपाङ्गता भएका ब्यक्तिलाई राज्यले पनि अपेक्षा गरेको उनको भनाई थियो ।
‘ संघले आफ्नै लगानीमा होस्टेल सञ्चालन गरेको छ,’ उनले भने ‘ तर शिक्षा कार्यालयले अपाङ्ग छात्राबासका लागि दिदै आएको भत्ता उपलब्ध नगराउनु दुःखद पक्ष हो ।’ यस प्रति जिल्ला शिक्षा कार्यलयले सोँच्नु पर्ने उनले बताए । साथै अपाङ्गता भएका ब्यक्तिहरुलाई नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा बिशिष्ट अतिथि शर्माले स्थानिय अपाङ्ग सेवा संघले गरेका कामको प्रसंसा गरेकी थिईन् । यस्तो कार्यमा बिभिन्न निकाय तथा राजनीतिक दलले सहयोग गर्नुपर्ने तर्क राखिन् ।
कार्यक्रममा अमर उमाबिका सह–प्रधानध्यापक पदम वली, नेपाली काग्रेसका कृपाराम वली, एमालेका होताराम बस्नेत, राप्रपाका रोवर बहादुर बस्नेत, तुलसीपुर नगरस्तरिय सञ्जालकी संयोजक देवा डाँगीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण सचिब नमराज बस्नेतले गरेका थिए ।