udhyogगिरिराज नेपाली , घोराही १४ पुस ।  उद्योग प्रभावित  क्षेत्रका वासिन्दाहरुले तत्काल धुँवा धुलो नियन्त्रण  अभियानमा उद्योग नलागे आन्दोलन गर्ने चेतावनी दिएका छन् । सिमेन्ट  उद्योग प्रभावित  क्षेत्र वातावरण  संरक्षण  तथा सरोकार  समिति लक्ष्मीपुरले  वुधवार घोराहीमा पत्रकार  सम्मेलनका सहभागिहरुले त्यस्तो चेनावनी दिएका हुन ।  स्थानीयहरुले आफुहरुको श्वास्थ्यमा प्रतिकुल असर पर्न थालेको भन्दै त्यो रोक्न उद्योग सञ्चालक संग माग गरेका हुन ।

घोराही सिमेन्ट उद्योग प्रालिवाट निस्कने  धुँवा  धुलोका कारण उद्योग प्रभावित क्षेत्रका वासिन्दाहरुको स्वास्थ्यमा निकै असर पुगेकोले त्यो नियन्त्रण गर्न स्थानीयवासीले माग गरेका हुन ।  वढ्दो धुँवा धुलोका कारण उद्योग वरपरका लक्ष्मीपुर  , रामपुर , काँभ्रे , लुहारपानी , सैघा र स्यूजा गाँउ विकास समितिका वासिन्दाको स्वास्थ्यमा गम्भिर असर पर्दैै गएको भन्दै अविलम्व उद्योगले धुँवा–धुलो नियन्त्रणमा लाग्नु पर्ने स्थानीले माग गरेका हुन ।

वातावरण प्रदुषण नियन्त्रणका लागि उद्योग र प्रभावित क्षेत्रका वासिन्दाहरु बीच पटक–पटक विभिन्न सम्झौता भए त्यो कार्यान्वयमा उद्योग प्रशासनले कुनै वास्ता नगरेको भन्दै उनीहरुले त्यसको विरोध गरेका थिए । उद्योग प्रालि र उद्योग वाणिज्य संघको  रोहवरमा  २०७२ जेठ ३२ गते भएको ११ वुँदे सम्झौता ५ महिना भित्र लागु हुने गरी लिखित सहमति भए पनि १५ महिना वितिसक्दा समेत उद्योगले मागहरु सम्वोधन नगरको पत्रकार सम्मेलनमा स्थानीयहरुले गुनासो गरेका थिए ।

प्रभावित वासिन्दाहरुले उद्योगले धुँवाधुलो नियन्त्रणका लागि कुनै पहल नगरे आफुहरु  आन्दोलनमा उत्रने  चेतावनी पनि दिएका छन ।  धुँवा धुलो नियन्त्रणका  लागि  सिस्ने खोला , पालुथानदेखि  हर्नक कमिरेचौर हुँदै खानीस्थल सम्म सडक कालोपत्रे , नेपाली श्रमिकहरुलाई पनि भारतीय कामदार सरहको सुविधाको व्यावस्था , धुलो धँुवा र ध्वनी प्रदुषण मापन यन्त्र प्रभावित क्षेत्रमा जडान गरिनु पर्ने स्थानीयहरुले माग गरेका छन् ।

त्यस्तै प्रभावित क्षेत्रका वासिन्दाहरुको स्वास्थ्य चेकजाँच र औषधी उपचारको व्यावस्गा स्वयम उद्योगले नै दिलाउनुपर्ने मागपनि स्थानीयले  राखेका छन । साथै उद्योगले करिव साढे ४ विगाह सार्वजानिक जग्गा भोगचलन गरेकाले उक्त जग्गा तत्काल फिर्तागर्न समेत स्थानीयले माग गरेका थिए ।  प्रदुषणका कारण मानव स्वास्थ्यमा मात्रै नभई पशु चौपायको स्वास्थ्यमा समेत प्रतिकुल प्रभाव देखिन थालेको उनीहरुको दाबी थियो । अव्यवस्थित रुपमा उद्योगले फोहोर  डम्पिङ र दुषित पानी जम्मागर्ने पोखरी समेत पुर्न स्थानीयहरुले माग गरेका छन् ।

पत्रकार सम्मेलनमा थानेश्वर रेग्मीले प्रदुषणका कारण वालवच्चा र वृद्धवृद्धा घरैपिच्छे सामान्य वा जटिल विरामी देखा पर्दै गईरहेका जानकारी दिएका थिए । उनले भने ‘प्रभावित क्षेत्रका वासिन्दाहरुमा अधिकाश श्वासप्रश्वासको समस्या देखा परेको डाक्टरहरले बताउने गरेका छन्  र त्यस्तो समस्या भोगिरहेको  म पनि एक हु । उनले भने ‘कि धँुवा धुलो नियन्त्रण गरिनुपर्छ हैन भने उद्योग वन्द गरिनुपर्छ । ’ उद्योग सञ्चालकले  निजी स्वार्थका लागि सर्वसाधारणको जीवनमा खेलवाड गर्न नपाउने उनको भनाई थियो ।

पत्रकार सम्मेलनमा  नेपाली काँग्रेस लक्ष्मीपुर ईकाई सभापति युवराज आचार्यले उद्योगको नजिकै रहेको माध्यामिक विद्यालय गोग्ली उद्योगकै  कारण वन्द हुने अवस्थमा पुगेको बताएका थिए ।  धुँवा धुलो र  ध्वनि प्रदुषणका कारण विद्यार्थीले कक्षामा बसेर  पढ्न सक्ने  वातावरण नभएकोले विद्यालयको भविस्य अन्यौंलमा परेको उनले बताए । ‘हेल्थपोष्टमा  चेकजाँचको लस्कर हुन्छ । जनतालाई मारेर उद्योेगको विकास हामीले चाहेका छैनौ ।’ आचार्यले भने ‘उद्योगले जनताको हितका लागि  वातावरण प्रदुषण नियन्त्रणमा तत्कालै कदम चाल्नु अति आवश्यक छ ।’  उनले स्थानीयवासीन्दाको माग र आवाज व्यवस्ता गरेमा  उद्योगमा तालावन्दी समेतगर्न बाध्य हुने चेतावनी दिएका थिए ।

उक्त कार्यक्रममा नेकपा एमालेका  शम्भु पोख्रेल , नेकपा माओवादी  केन्द्रका सुमन रोका , नेकपा माओवादी क्रान्तीकारी  नरेन्द्र वञ्जाडे र सामाजिक लोकतान्त्रिकका  दिलवहादुर घर्ती लगाएतका बक्ताहरुले उद्योगको धुलो धुँवावाट स्थानीबासीन्दाको स्वाथ्य जोखिममा परेको भन्दै त्यो नियन्त्रणका लागि उद्योगले तत्काल पहल थाल्नुपर्ने बताएका थिए ।  सरोकार समितिले माग पुरा नभए यही १६ गते चरणवद्ध आन्दोलन गर्ने समेत चेतावनी दिएका छ ।  सरोकार समितिका संयोजक भरत देवकोटा एंव नेपाल  पत्रकार महासंघ दाङका अध्यक्ष सुदिप गौतमको प्रमुख आतिथ्यतामा पत्रकार सम्मेलन भएको थियो । कार्यक्रमको सहजीकरण संयोजक देवकोटाले गरेका थिए ।  राप्ती समाचार