malpot-officeतुलसीपुृर १४ पुस ।  मालपोत कार्यालय तुलसीपुर दाङले पाँच महिनामै चार करोड बढी राजश्व शंकलन गर्न सफल भएको छ ।

आर्थिक वर्ष ०७३/०७४को चालु ५ महिनामा ४ करोड १३  लाख राजश्व शंकलन गर्न सफल भएको कार्यालय प्रमुख  हरिशचन्द्र बुढाले जानकारी दिए ।

 कार्यालय प्रमुख ्र वुढाका अनुसार उक्त रकम जग्गा  रजिष्टे«सन पास र दृष्ट्रि वन्धक वापत शंकलन भएको हो । कार्यालयले आर्थिक वर्ष २०७३/०७४को साउनदेखि मसिंर मसान्तसम्म चार हजार आठ सय ९४ लिखत पास गरेको पनि कार्यालय प्रमुख बुढाले जानकारी दिए । त्यस्तै एक हजार दुई सय दृष्ट्रिवन्धक वाट चार करोड १३ लाख ६६ हजार राजश्व शंकलन भएको प्रमुख बुढाले बताए ।

गत आर्थिक वर्षमा १० हजार ७ सय ९० लिखत पास बाट  १०करोड वढी राजश्व शंकलन गरेको मालपोत कार्यालय तुलसीपुर दाङले चालु अर्थिक वर्षको पाँच महिनामा चार करोड १३ लाख राजश्व शंकलन गर्नुलाई निकै सकारात्मक मान्न सकिने बताए । तुलसीपुरमा मालपोत कार्यालय स्थापना भएयता १५हजार ६ सय ८४ लिखत पास भएको कार्यालय प्रमुख बुढाले बताए ।

 त्यसवाट कार्यालयले १४ करोड १४ लाख राजश्व शंकलन गर्न सफल भएको बुढाले जानकारी दिए । तुलसीपुरमा मालपोत कार्यालय स्थापना भएको दुई आर्थिक वर्ष पुरा  भएको छैन ।