भरत राज शर्मा, तुलसीपुर १४ पुस । जिल्लाका आठ सामुदायिक वन उपभोक्ता समुहहरुले वैज्ञानिक वन व्यवस्थापको अनुमतिको लागि जिल्ला वन कार्यालयमा निवेदन पेश गरेका छन् ।
आधुनिक कृषि व्यवसाय जस्तै वनको दिगो व्यवस्थापन गरी वन पैदावारको सहज उपभोग र पुर्नर उत्पादन गर्न सामुदायिक वन उपभोक्ता समुहहरुले वैज्ञानिक वन व्यवस्थापनको अनुमति माग गरेको जिल्ला वन कार्यालय दाङका निमित्त कार्यालय प्रमुख वावुराम गौतमले जानकारी दिए । निवेदन दिएका सामुदायिक वन उपभोक्ता समुहहरुले साधारण सभका निर्णय र कार्ययोजना समेत तयार गरेर जिल्ला वन कार्यालयमा निवेदन दिएको जिल्ला वन कार्यालय दाङले जानकारी दिएको छ ।
अनुमति माग गर्ने सामुदायिक वनहरुमा पुरन्धारा गाविसको पदम पुर सामुदायिक वन उपभोक्ता समुह ,वाघमारे गाविसको विष्णुपुर सामुदायिक वन उपभोक्ता समुह र सदावहार सामुदायिक वन उपभोक्ता समुह रहेका छन् । त्यस्तै तुलसीपुर नगरपालिकाको गैराखाली सामुदायिक वन उपभोक्ता समुह र नवदुर्गा सामुदायीक वन उपभोक्ता समुह रहेका छन् । त्यस्तै देउखरी क्षेत्रबाट सतवरीया सामुदायिक वन उपभोक्ता समुह ,अमेलिया सामुदायिक वन उपभोक्ता समुह र कालाकाँटे सामुदायिक वन उपभोक्ता समुहले वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यको अनुमतिका लागि जिल्ला वन कार्यालयमा अनुमति दिएको कार्यालय प्रमुख गौतमले जानकारी दिए ।
निवेदन दिएका वन समुहको वन विभाग क्षेत्रीय वन निर्देशनालय सुर्खेतको प्राविधिक टोलिले स्थलगत अनुगमन गरी वन क्षेत्रको भू–वनोट र वनको आँकडा हेरी उपयुक्त भएमा वैज्ञानिक वन व्यवस्थापनका लागि अनुमति दिइने निमित्त जिल्ला वन अधिकृत वावुराम गौतमले वताए । वैज्ञानिक वन व्यवस्थापनका लागि दक्ष वन प्राविधिकको आवश्यक्ता पर्ने भएकोले सामुदायिक वन उपभोक्ता समुहले आफै वन प्राविधिक हायर गरेर पनि वैज्ञानिक वन व्यवस्थापन कार्यगर्न सक्ने निमित्त जिल्ला वन अधिकृत गौतमले जानकारी दिए । यस अघि जिल्लाका दुई सामुदायिक वनको थोरै क्षेत्रमा नुमनाको लागि वैज्ञानिक वन व्यवस्थापन कार्यको शुरुवात गरिएको थियो ।
तुलसीपुर नगरपालिका काक्षेत्र भित्रका नवदुर्गा सामुदायिक वन उपभोक्ता समुह र गैराखाली सामुदायिक वन उपभोक्ता समुहमा दूई हेक्टर क्षेत्रफलमा वैज्ञानिक वन व्यवस्थापन कार्यको शुरुवात भएको जिल्ला वन कार्यालय दाङले जनाएको छ । राप्ती समाचार
