साढे चार वर्ष पहिलो ग्ल्यामरको दुनियामा कदम राखेकी शिल्पा पोख्रेलले छोटो समयमा नै फिल्मी क्षेत्रमा सफलता हाँसिल गर्दै गएकी छिन् ।

in-1अहिले उनी अभिनेत्री मात्रै हैन चलचित्र निर्मात्री पनि बन्ने तरखरमा छिन् । ग्ल्यामरको दुनियाँमा आएको एक वर्षको अवधिमा झण्डै सयभन्दा धेरै म्युजिक भिडियोमा अभिनय गरेकी उनले सिनेमा लज्जा मार्फत सिनेमामा ब्रेक लिएकी हुन् ।

333उनलाई डेब्यु सिनेमाले नै सफल नायिकाको परिउचत गरायो । जसले उनलाई अझ राम्रो गर्ने हौसला प्रदान गर्यो ।

silpaछविराज ब्यानरबाट अभिनयमा ब्रेक लिएकी उनले हालसम्म लज्जा, हवल्दार सुन्तली, किस्मत २ र फागु चलचित्रमा काम गरिसकेकी छिन् ।