mahila-hinsaघोराही  १४ पुस ।  महिला सशक्तिकरण र आर्थिक सवलिकरण बाट महिला हिंसाका घटनामा न्यूनिकरण आउने कार्यक्रमका सहभागि बक्ताहरुले बताएका छन् । सिसा नेपालले वुधवार घोराहीमा आयोजना  गरेको लंैगिक हिसाका मुद्दावारे आयोजित छलफल कार्यक्रमका  सहभागी बक्ताहरुले त्यस्तो धारणा राखेका हुन । हिंसा पिडित महिलाहरुलाई समाजले हेर्ने दृष्ट्रिकोण र व्यावहारमा अझैं सोचे अनुरुपको परिवर्तन आउन नसक्दा सामाजिक न्याय स्थापित हुन नसकेको बक्ताहरुले औंल्याएका थिए ।

सिसा नेपालकी अध्यक्ष साजिदा सिद्दिकीको अध्यक्षता एंव  नेपाल मानव अधिकार  संगठन जयानाथ शर्माको प्रमुख आतिथ्यतामा भएको  छलफल कार्यक्रमका बक्ताहरुले हिंसा पिडित महिलाहरुलाई अझै सम्म समाजले हेर्ने दृष्ट्रिकोण र व्यावहारमा सोचे अनुरुप परिवर्तन आउन नसकेको बताएका थिए ।

राप्ती उप–क्षेत्रीय अस्पतालका लैंगिक हिंसा सम्वन्धि एकद्धार संकट व्यवस्थापन केन्दं (ओसिएमसी) की राधा पौडेलले सामाजिक न्याय स्थापित गर्न नसक्दा हिंसा पिडित महिलाहरुले अझै सामाजिक न्याय पाउन नसकेका वताएकी थिईन । उनले भनिन  ‘हिंसा पिडित महिलाहरुलाई समाजले हेर्ने र गर्ने व्यावहार फरक रहेकाले उनीहरुलाई सामाजिक न्याय दिलाउनु नितान्त आवश्यक रहेका उनको धारणा थियो ।   उनले सामाजिक न्याय कायम गरी घर भित्रै वाट लैगिक हिंसाको अन्त्य गर्नु पर्नेमा जोड दिएकी थिईन ।

कार्यक्रममा पत्रकार बसुन्धरा गौतमले सामाजिक अन्यायका कारण लैगिक हिसामा परेका महिलाहरु खुलेर अन्याय विरुद्ध वारे खुल्न नसकेको बताइन ।  उनले भनिन ‘सामाजिक न्याय कायम गर्न सके सवैका घरघरवाट हिंसाका घटना वाहिर ल्याउन सकिने र हिंसा पिडित महिलाहरुले न्याय अनुभुती गर्न सक्ने  उनको तर्क थियो ।  पत्रकार गौतमले वोलाई एउटा र व्यावहारका अर्काे गर्दा महिलाहरु घरेलु हिंसादेखि जघन्य अपराधसम्म सहन वाध्य भएको उल्लेख गरेकी थिइन  ।

उनले सामाजिक न्याय कायम गरी, महिला सशक्तिकरण र आर्थिक सवलिकरणमा महिलाहरुले जोड दिए महिला हिंसाका घटनाहरु घटेर  जान सक्ने समेत सुझाव दिएकी छिन ।  त्यसपछि मात्रै सामाजिक न्याय स्थापित हुने उनको विश्वास छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय महिला सेलकी प्रमुख नन्दकली कट्वालले अधिकाँस  महिलाहरु घरेलु हिंसाको शिकार हुनु परेको तथ्याङ्क आफुहरु समक्ष आउने गरेको जानकारी दिइन ।  पुरुष वा श्रीमानले  मादक पदार्थ सेवन गर्नु र आर्थिक अभाव जस्ता कुराहरु घरेलु हिंका प्रमुख  कारकका रुपमा देखिने गरेको उनले जानकारी दिइन ।

महिलाको शशक्तिकरण संगै आर्थिक विकासमा समेत जोड दिन सकेमा लैगिक हिंसाका उजुरी घट्न सक्ने उनको धारण रहेको थियो । कार्यक्रममा  ऋषिराम शर्मा ,   शान्ति  समाज दाङकी राधा शर्मा लगाएतकाले मनतब्य व्यक्त गरेका थिए ।   कार्यक्रमको सहजीकरण सिसा नेपालका कार्यक्रम अधिकृत विष्णु कुमार देवकोटाले गरेका थिए  ।a